काठमाण्डाै - डिभिजन वन कार्यालय दाङले एक वर्षमा झण्डै १५ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गरि वृक्षारोपण गरेको छ ।
अतिक्रमित एक सय हेक्टर वन क्षत्रमध्ये झण्डै १५ हेक्टर वन क्षेत्र खाली गराएर बोटबिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिकाकाे एक, बबई गाउँपालिकाको तीन र शान्तिनगर गाउँपालिकाको एक गरि ५ ठाउँमा गरिएको अतिक्रमण खाली बनाइएको छ ।
वन क्षेत्र अतिक्रमण गरि पक्की घरसमेत बनेका ठाउँमा भत्काएर खाली गराइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।...