दाङ – सामुदायिक वन क्षेत्र अतिक्रमण गरी खेतीपाती गर्दै आएको करिब ५ कठ्ठा जग्गा डिभिजन वन कार्यालय दाङले आज शनिवार खाली गराएको छ ।
घोराही उपमहानगरपालिका वडा नं ५ धर्नाको बसन्तपुर सामुदायिक वन क्षेत्र अतिक्रमण गरी लगाएको मकै खेती खाली गराएको हाे । अतिक्रमित वन क्षेत्र खाली गराइ त्याे ठाउँमा आजै वृक्षारोपण पनि गरिएको छ । स्थानीय खिमबहादुर सार्कीले सामुदायिक वन क्षेत्र अतिक्रमण गरी खेतपाती गरेका थिए । अहिले त्यहाँ ५० वटा खयरका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख भक्तबहाद...