कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितले दुई दशक बितिसक्दा पनि स्थायी समाधान पाएका छैनन् । सरकारले विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा यहाँ बस्ती विस्थापित गरेको थियो । विभिन्न चरणमा विस्थापितलाई जग्गा दिएर पुनःस्थापना गरे पनि अझै सयौं विस्थापित घरबारविहीन रहेका छन् । पीडितलाई सम्बोधन गर्न सरकारले अहिलेसम्म अढाइ दर्जन आयोगसमेत बनाइसेको भए […]