प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइ लम्बिएपछि न्यायाधीश सपना प्रधान मल्लले यो मुद्दालाई कति लम्ब्याउने भनेर रिट निवेदक एवं विघटित प्रतिनिधि सभाका एक सांसदसँग प्रश्न गरेकी छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधवार लगातार दशौं दिनको सुनुवाइका क्रममा रिट निवेदक कृष्णभक्त पोखरेलसँग न्यायाधीश मल्लले यो मुद्दालाई कति लम्ब्याउने भनेर प्रश्न गरेकी हुन् ।
जवाफमा पोखरेलले मुद्दा लम्ब्याउन नहुने पक्षमा आफूहरू सचेत रहेको बताए । राष्ट्रकै ध्यान केन्द्रित भएको वि...