रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

भक्तपुर- संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधिमण्डलले सुपथ मूल्यमा रासायनिक मल उपलब्ध गराउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।सो टोलीले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई भेटी किसानका समस्या र मलको अभावबारे मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । सांसद सुवालले प्रदेशको सचिवस्तरीय बैठकबाट हचुवाको भरमा रासायनिक मलको कोटा वितरण गरिएको अविलम्ब पुनरावलोकन […]

सम्बन्धित सामग्री

मुआब्जा र मल दिन आग्रह

झापाका मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले रेलवे प्रभावितको मुआब्जा दिन र कृषकका लागि तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् । शनिबार बिर्तामोडमा सम्पन्न दलहरूको बैठकमा दलले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

रेलवे प्रभावितलाई मुआब्जा दिन आग्रह

झापाका मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले रेलवे प्रभावितहरुको मुआब्जा दिन र कृषककालागि तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् । शनिबार बिर्तामोडमा सम्पन्न दलहरुको वैठकमा दलले सरकारको ध्यानाकर्षण गराएका हुन् । कृषकका लागि मल अभाव, विपद्को पूर्व तयारी, रेलवे प्रभावितका समस्या, बिर्तामोडको बुधबारे हटियाको समस्या, चिया क्षेत्रका समग्र समस्या, सन्थाल समुदायको पहिचान र अस्तित्वको छलफल भएको हो ।

सरकारलाई संसदकाे निर्देशन : मल उपलब्ध गराउन सबै सम्भाव्य उपाय अबलम्वन गर्नू

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएका छन्। रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत मल उपलब्ध नभएको विषयमा उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। एमालेले संसदमा पेश गरेको विशेष प्रस्तावमाथि छलफलपछि उनले भने, ‘कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल

सांसदहरूको एकै स्वरः किसानलाई तत्काल मल देऊ

काठमाडौँ- सांसदहरूले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन्। बिहीबारको प्रतिनिधिसभाको विशेष र शून्य समयमा सांसदहरूले मल अभावको स्थिति अन्त्य गर्न एक स्वरमा सरकारको ध्यानाकर्षण गराएका हुन्। ६० प्रतिशत जनताको रोजगारीको क्षेत्र कृषिमा बाली लगाउने बेलामा तत्काल सम्बोधन गर्न माग गरेका हुन्। बाली लगाउने बेलामा मलको चरम अभाव भएको भन्दै सत्ता पक्षकै सांसदले […]