भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका आफ्नै भवन निर्माण गरिएको छ । झुलाघाट नाकामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) को आफ्नै भवन निर्माण भइसकेको छ । यस्तै पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा निर्माण भवन कार्य जारी रहेको र शिवनाथ गाउँपालिकाको कुस्मौत घाटमा भवन निर्माण हुने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ५१ गुल्मले जनाएको छ । गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशबहादुर शाहका अनुसार विसं २०७७ चैत २३ गतदेखि झ