आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । धरानमा पनि ३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । शुक्रबार धरान उपमहानगरपालिकाको सामाजिक महाशाखाको आयोजनामा एक कार्यक्रमको आयोजना गरि अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको हो । कार्यक्रममा ज्येष्ठ नागरिकहरुले आफूसँग भएका प्रतिभाहरु प्रदर्शन गरेका थिए । उनीहरुले गायन, नृत्य, नौमती बाजा, मादल, बिनायो, साकेला नाच प्रस्तुत गरेका थिए । प्रतिभा प्रस्तुत गर्ने ज्येष्ठ नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले माला ल