कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका क्रममा आज मतदाताहरूले शान्तिपूर्ण वातावरणमा मताधिकार प्रयोग गरिरहेका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जिल्लाभरका मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताले उत्साहजनक रुपमा मताधिकार प्रयोग गरिरहेको बताए ।बिहान ११ बजेसम्म जिल्लामा १७ देखि २५ प्रतिशतसम्म मत खसेको अनुमान गरिएको उहाँको भनाइ थियो । जिल्लाका केही स्थानीय तहमा आजैदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ । धनगढी उपमहानगरपालिकाको मतगणना भने भोलि