बलिउड नायिका नेहा धुपिया दोस्रो पटक आमा बन्न लागेकी छिन् । तस्बिर पोस्ट गर्दै नेहाले आफ्नो दोस्रो गर्भावस्थाबारे जानकारी दिएकी छिन् । नेहाले इन्स्टाग्राममा श्रीमान् अंगद बेदी र छोरी मेहरसँग फोटो सेयर गर्दै यसबारे बताएकी हुन् । उनका अनुसार यो ‘खुसीको खबर’ सार्वजनिक गर्न उनलाई दुई दिन लाग्यो ।नेहाले फोटो सेयर गर्दै लेखिन्, ‘क्याप्सन खोजी गर्न हामीलाई दुई दिन लाग्यो... र जुन उत्कृष्ट चिजबारे हामी सोच्न सक्थ्यौं, यो यही हो.... धन्य भगवान ।’नेहा दोस्रो पटक गर्भवती भएको खबरपछि