युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण बख्मुत सहरको अवस्था कष्टकर बन्दै गइरहेको बताउनुभएको छ । उहाँले बख्मुत सहरमा अहिले धेरैजसो संरचना ध्वस्त भइसकेका र अवस्था कष्टकर रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
रुसले छ महिनाभन्दा लामो समयदेखि बख्मुत सहर कब्जा गर्ने प्रयास गरिरहेको छ । बख्मुत सहरको केही भूभाग रुस र उसका पृथकतावादी सहयोगीहरूको नियन्त्रणमा छ ।
यसैबीच अमेरिकी अर्थ मन्त्री जेनेट यलनले रुसलाई हतियार उपलब्ध नगराउन चीनलाई चेतावनी दिनुभएको छ । आकस्मिक भ्रमणका क्रममा किभ पुगेकी जेनेट यलनले ची...