वरिष्ठ लोक तथा देउडा गायक हरिश्चन्द्र कडायतको १३औं दिनको पुण्य तिथिमा परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले आज गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित कडायतको घरमा शोकसभाको आयोजना गर्दै सहयोग प्रदान गरेको हो ।प्रतिष्ठान प्रदेश अध्यक्ष पदमबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पदाधिकारी एवं पूर्व प्रदेश संयोजक सुरत रावत (डोटेली कान्छा), प्रतिष्ठान केन्द्रीय सदस्