काठमाडौँ : एकअर्काप्रतिको तीव्र असन्तुष्टि र अविश्वासबीच केन्द्रको सात दलीय सत्ता गठबन्धन घस्रिरहेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीलगायतका सात दल सम्मिलित यो गठबन्धन गत वर्ष पुस १० मा तोडिएर फागुनमा फेरि जोडिएको थियो। गठबन्धनमा रहेका कुनै दल भने एकअर्काप्रति सन्तुष्ट छैनन्।चुलिँदो असन्तुष्टि र अविश्वास तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रयासबीच पनि केन्द्रीय गठबन्धन अहिले टुट्ने अवस्थामा छैन तर प्रदेशहरूमा भने एकअर्काप्रतिको असन्तुष्टि छताछुल्ल