प्रधानमन्त्री कपको वाग्मती छनोट बिहीबारदेखि

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता बिहीबारदेखि राजधानीमा शुरु हुने भएको छ । प्रतियोगितामा वाग्मतीका सात टोलीबीच प्रतिस्पर्धा हुने प्रदेश क्रिकेट सङ्घले जनाएको छ । सो प्रतियोगितामा वाग्मती प्रदेशका ६ जिल्ला तथा त्रिभुवन विश्व विद्यालयको टोली सहभागी हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइने सङ्घले जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाडौं, भक्तपुर, नुवाकोट र मकवानपुर तथा समूह ‘बी’ मा ललितपुर, चितवन र त्रिभुवन विश्वविद्यालय टोली रहेका छन् । छनोट प्रतियोगिताको उद्घाटन खेल काठमाडौं र भक्तपुरबीच हुनेछ । उक्त प्रतियोगिता पुस २१ गतेसम्म चल्नेछ ।(रासस)

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप छनोट : समूह विजेता बन्दै स्याङ्जा फाइनल

कास्की – स्याङ्जा आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजको खेलमा कास्कीलाई ७७ रनले पराजित गरी समूह ‘ए’ को विजेता बन्दै स्याङ्जाले फाइनलमा स्थान बनाउन सफल भयो । स्याङ्जाले यसअघि बाग्लुङलाई पनि पराजित गरेको थियो । खेलमा टस जितेर सुरुवातमा ब्याटिङ […]

प्रधानमन्त्री कप छनोट: स्याङ्जा विजयी

कास्की – आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय एक दिवसीय छनोट प्रतियोगिताको आजको खेलमा स्याङ्जाले बागलुङमाथि एक सय ४१ रनको जित दर्ता गरेको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको खेलमा ‘म्यान अफ दी म्याच’ घोषित ईश्वर क्षेत्रीले एक सय ४४ रनको योगदान दिएपछि स्याङ्जाले सहज […]

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिममा छनोट प्रतियोगिता हुँदै

बैतडी- प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही सातादेखि हुने भएको छ। उक्त छनोट प्रतियोगिता पुस १८ गतेदेखि हुने तय भएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम तथा समूह ‘बी’ […]

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिममा छनोट प्रतियोगिता हुँदै

काठमाडौँ,१३ पुष । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही सातादेखि हुने भएको छ । उक्त छनोट प्रतियोगिता पुस १८ गतेदेखि हुने तय भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी […]

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिममा छनोट प्रतियोगिता हुँदै

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही सातादेखि हुने भएको छ । उक्त छनोट प्रतियोगिता पुस १८ गतेदेखि हुने तय भएको छ ।  सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम तथा समूह ‘बी’ मा कैलाली, बझाङ र डडेल्धुरा रहेका छन् ।   कैलालीको फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको पहि

प्रधानमन्त्री कप छनोट : बैतडीको दोस्रो जित, वीरेन्द्र र गजेन्द्र उत्कृष्ट

बैतडी : वीरेन्द्र नाथ र गजेन्द्र बोहराको उत्कृष्ट प्रदर्शनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडी विजयी भएको छ। बैतडीले शुक्रबार भएको खेलमा डडेल्धुरामाथि ५५ रनको जित हात पारेको हो।छनोट प्रतियोगितामा बैतडीको यो दोस्रो जित हो। यसअघि पहिलो खेलमा बैतडीले बझाङलाई ६ विकेटले हराएको थियो।बैतडीले दिएको १९० रनको लक्ष्य पछ्याएको डडेल्धुरा १५४ रनमा अलआउट भयो। उसका लागि विशाल ऐरले ३६ र कृष्ण भट्टले ३२ रनको योगदान गरे पनि हार भने टार्न सकेनन्।डडेल्धुराको प

प्रधानमन्त्री कप टि२० शैलीमा आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता यस पटक टि२० शैलीमा हुने भएको छ । आगमी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए लाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले टि२० शैलीमा हुने निश्चित भएको जनाएको छ । योसँगै ७ वर्षपछि नेपालमा टि२० राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ । राष्ट्रिय खेलकुद […]

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट

बैतडी, २ पुस: प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ । रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो । छनोट भएका अन्य खेलाडीमा विन्दु रावल, डली भट्ट, कविता जोशी, दिपा जोरा, विमला भट्ट, कविता कुँवर, रुवी पोदार, लक्ष्मी साउँद, इश्वरी विष्ट, शोभा रोकाया, दिव्या कार्की, सङ्गीता मौनी […]

प्रधानमन्त्री कप पुरुष क्रिकेटको लुम्बिनी छनोट खेल पुस २६ देखि

२२ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल यही पुस २४ देखि माघ १ गतेसम्म हुने भएको छ । लुम्बिनी र कर्णाली प्रदेश क्रिकेट संघले मंगलबार छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । जसमा ७ जिल्ला टिमले सहभागिता जनाउनेछन् । समूह ए मा रुपन्देही पाल्पा कपिलवस्तु र […]

प्रधानमन्त्री कपको बाग्मती छनोट बिहीबारदेखि

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता बिहीबारदेखि राजधानीमा सुरु हुने भएको छ