प्रधानमन्त्री कप छनोट : बैतडीको दोस्रो जित, वीरेन्द्र र गजेन्द्र उत्कृष्ट

बैतडी : वीरेन्द्र नाथ र गजेन्द्र बोहराको उत्कृष्ट प्रदर्शनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडी विजयी भएको छ। बैतडीले शुक्रबार भएको खेलमा डडेल्धुरामाथि ५५ रनको जित हात पारेको हो।छनोट प्रतियोगितामा बैतडीको यो दोस्रो जित हो। यसअघि पहिलो खेलमा बैतडीले बझाङलाई ६ विकेटले हराएको थियो।बैतडीले दिएको १९० रनको लक्ष्य पछ्याएको डडेल्धुरा १५४ रनमा अलआउट भयो। उसका लागि विशाल ऐरले ३६ र कृष्ण भट्टले ३२ रनको योगदान गरे पनि हार भने टार्न सकेनन्।डडेल्धुराको प