प्रधानमन्त्री कप छनोट : समूह विजेता बन्दै स्याङ्जा फाइनल

कास्की – स्याङ्जा आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजको खेलमा कास्कीलाई ७७ रनले पराजित गरी समूह ‘ए’ को विजेता बन्दै स्याङ्जाले फाइनलमा स्थान बनाउन सफल भयो । स्याङ्जाले यसअघि बाग्लुङलाई पनि पराजित गरेको थियो । खेलमा टस जितेर सुरुवातमा ब्याटिङ […]