शारदा पोखरेल/बारा जीतपुर सिमरा उपमहानगरको प्रमुखका लागि सहमति जुटाउन नसकेपछि १० जना आकाङ्क्षीहरूको नाम जिल्ला कार्यसमिति मार्फत केन्द्रमा पठाइएको नेकपा एमालेको नगर कमिटीले जनाएको छ । नगरप्रमुखका लागि हालकी उपप्रमुख सरस्वतीदेवी चौधरी,मनोज पौडेल, कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिलकुमार मैनाली, महादेव चौधरी, प्रह्लाद साह,राधेश्याम शिवाकोटी, विश्वनाथ लामिछानेको नाम सिफारिस भएको छ ।त्यस्तै जीतपुर सिमराको उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरिएको नगर कमिटी अध्यक्ष भोला अधिकारीले जनाएका छन् ।