नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अगाडि नयाँ प्रकारका चुनौती थपिएको बताउँदै राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउने नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शनिवार चितवनको सौराहामा जारी पार्टीको १० औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले महाधिवेशनबाट जनपरिचालनको काम र एमाले सकियो भन्नेहरूलाई एमालेको शक्ति देखाउनुपर्ने उद्देश्यमा पार्टी सफल भएको उल्लेख गरे । उनले भने–‘अहिले देश विशेष परिस्थितिबाट अघि बढिरहेका छौँ । हाम्रो भूमिका सत्तापक्षबाट प्रतिपक्षमा रहेको अवस्था