किन खर्च भएन प्रदेश सरकारको विकास बजेट

विकास बजेट खर्च नहुने केन्द्रको समस्या देश संघीयतामा गइसकेपछि प्रदेशमा सरेको देखिन्छ। प्रदेश र केन्द्रका अधिकारीले भने त्यसको दोष एकअर्कामाथि लगाएका छन्।

सम्बन्धित सामग्री

११ महिनामा  प्रदेश सरकारको ५० प्रतिशत बजेट पनि खर्च भएन

चालु आर्थिक वर्ष सकिन जम्मा २३  दिन बाँकी छ । असार २४ पछि सरकारी खाताबाट आर्थिक कारोबार हुँदैन । तर, सातवटै प्रदेश सरकारको अहिलेसम्म विकास बजेट खर्च निराशाजनक छ । समग्रमा यी प्रदेशको ५० प्रतिशत बजेट खर्च हुन सकेको छैन । असार महिनासँगै कामकोे गति चौगुना बढाएका प्रदेश सरकारले अबको २४ दिनमा लक्ष्यअनुसार बजेट खर्च गर्लान् त ?

चितवनमा पूँजीगत बजेट खर्च निराशाजनक : ११ महीनामा ५० प्रतिशत पनि खर्च भएन

चितवन । चितवनमा चालू आर्थिक वर्ष (आव) २०७९/८० को ११ महीनामा पूँजीगत (विकास) बजेट आधा पनि खर्च हुन सकेको छैन ।  आर्थिक वर्ष सकिन एक महीना मात्रै बाँकी रहँदा संघतर्फ ४९.९४ प्रतिशत र प्रदेशतर्फ ४३.७० प्रतिशत मात्रै पूँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय, चितवनले जनाएको छ । ११ महीनामा ५० प्रतिशत पूँजीगत बजेट खर्च नहुनु बजेट कार्यान्वयनको निराशाजनक अवस्था रहेको जानकारहरू बताउँछन् । साथै यसले विकास निर्माणमा नकारात्मक प्रभाव पार्ने गरेको उनीहरूको भनाइ छ ।  चालू आवको ११ महीनामा भएको पूँजीगत बजेट खर्च गत आवको तुलनामा भने बढी हो । गत आवको यस अवधिसम्म संघतर्फ २८.७४ प्रतिशत र प्रदेशतर्फ ३२.३४ प्रतिशत पूँजीगत बजेट खर्च भएको थियो ।  कार्यालयका अनुसार यस आवको जेठ मसान्तसम्म संघतर्फ चार अर्ब ४४ करोड ४५ लाख २४ हजार रुपैयाँ पूँजीगत बजेट खर्च भएको छ । जेठमा मात्रै ९८ करोड ७१ लाख ५४ हजार रुपैयाँ अर्थात् कुल बजेटको ११.०९ प्रतिशत भएको कोष नियन्त्रक मुक्तिप्रसाद चापागाईंले जानकारी दिए ।  जेठ मसान्तसम्म प्रदेशतर्फ एक अर्ब ६९ करोड ३५ लाख ४४ हजार रुपैयाँ खर्च भएको उनले बताए । जेठमा मात्रै ६२ करोड ९१ लाख ८१ हजार रुपैयाँ अर्थात् कुल बजेटको १६.२३ प्रतिशत खर्च भएको देखिन्छ । संघीय मन्त्रालय अन्तर्गतको नारायणी नदी व्यवस्थापन आयोजनाले ९४ करोड ६१ लाख ३१ हजार रुपैयाँ अर्थात् आयोजनाको कुल पूँजीगत बजेटको ९९.६९ प्रतिशत खर्च गरेको छ । त्यस्तै, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ४५ करोड ३९ लाख रुपैयाँ (४२.५२ प्रतिशत), राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, भरतपुरको २३ करोड ३८ लाख ९६ हजार रुपैयाँ (६८.२५ प्रतिशत), सडक डिभिजनले एक अर्ब १० करोड २५ लाख ५९ हजार (५९.३६ प्रतिशत) र नारायणगढ–मुग्लिन सडक आयोजनाको ४५ करोड २८ लाख ३५ हजार (३०.७५ प्रतिशत) खर्च भएको उनले जानकारी दिए । बागमती प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालयले चालू आवको जेठ मसान्तसम्म एक अर्ब २८ करोड ४७ लाख ६५ हजार रुपैयाँ (४५.८६ प्रतिशत) खर्च गरेको छ । यस कार्यालयले जेठमा मात्रै ५० करोड १४ लाख ५२ हजार रुपैयाँ पूँजीगत खर्च गरेको छ । नारायणी लिफ्ट खगेरी सिंचाइ व्यवस्थापन डिभिजन कार्यालयले जेठ मसान्तसम्म ६ करोड ६७ लाख ४२ हजार रुपैयाँ (२६.३२ प्रतिशत) खर्च गरेको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पूँजीगत बजेट खर्च कम भएको उपभोक्ताको गुनासो छ । निर्माण व्यवसायीहरू भने ठेक्का प्रक्रिया लामो भएकाले बजेट कार्यान्वयनको समय कम हुँदा खर्च कम हुने गरेको दाबी गर्छन् ।  सरकारले काम नगर्ने ठेकेदारलाई दण्ड जरिवानाको व्यवस्था गरे पूँजीगत बजेट खर्च बढ्ने कतिपयको मत छ । यसका लागि दण्ड जरिवानाको मापदण्ड बनाएर कार्यान्वयन गर्न आवश्यक छ ।

सुदूरपश्चिम प्रदेशमा ७ अर्ब विकास बजेट खर्च भएन

कैलाली । सुदूरपश्चिम सरकारले गत आर्थिक वर्षमा छ अर्ब ९८ करोड ३९ लाख विकास अर्थात पूँजीगत बजेट खर्च गर्न सकेन् । पूँजीगततर्फ १८ अर्ब ९० करोड २० लाख रूपैयाँ बजेट विनियोजन गरेको सरकारले आर्थिक वर्ष २०७८ / ७९ सम्म ११ अर्ब ९१ करोड ८१ लाख रूपैयाँ मात्र खर्च गरेको छ । विकास बजेट खर्च हुन […]

विकास बजेट सक्न चटारो, साढे दश र डेढ महिनाको खर्च उस्तै

तनहुँ : चालु आर्थिक वर्षको तेस्रो चौमासिकको अन्तिम महिना सुरु हुन केही दिन मात्रै हुँदा तनहुँमा विकास बजेट सक्न चटारो परेको छ।  तनहुँमा चालु आर्थिक वर्षको साढे दश महिनामा विकास बजेटको आधा रकम पनि खर्च भएन। उक्त समयमा संघीय सरकारबाट विकासका लागि विनियोजित कुल बजेटको ४९ दशमलव २८ प्रतिशत मात्रै खर्च भएको कोष तथा ल...

संघीय सरकारले कर्मचारी नपठाउँदा विकास बजेट खर्च भएन : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २का मुख्यमन्त्री मो. लालबाबु राउतले करार ऐन प्रदेश सरकार रहर नभएर बाध्यता भएको बताए। सार्वजनिक प्रशासनसम्बन्धी अध्ययन विशेष समितिको २०७५ को प्रतिवेदन सहितको विषयमा संसदमा उठेको प्रश्नहरूको उत्तर दिँदै मुख्यमन्त्री राउतले यस्ताे बताएका हुन्। साेमबार प्रदेश २ को सार्वजनिक प्रशासनका लागि करारमा ...

खर्च भएन विकास बजेट, आठ महिनामा आधा मात्रै

इलाम : समयमै बजेट निकास भए पनि इलाममा चालु आर्थिक वर्षको साढे ८ महिनाको अवधिमा ५४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ। जिल्लाको विकासका लागि विनियोजित एक अर्ब ८२ करोड ७९ लाख ९९ हजार ७०० रुपैयाँमध्ये हालसम्म ९९ करोड ७३ लाख तीन हजार ७७६ मात्रै खर्च भएको जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय इलामले जनाएको छ। विकासे अड्डा म...

खर्च भएन विकास बजेट

पर्साका अधिकांश स्थानीय तहको विकास बजेट खर्च हुन सकेको छैन । सेवा केन्द्र विवाद, नगर÷गाउँसभाको समस्या तथा सेवा–सुविधामा असन्तुष्टिका