भारतीय ट्रकबाट दुई सय ६२ किलो अवैध लागु औषध गाजा बरामद
जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा भारतीय नम्बर प्लेटको ट्रकबाट अवैध लागु औषध गाजा बरामद गरेको छ। बरामद गरिएको गाजा सहितको ट्रकको बारेमा बारा प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।...
काठमाडौंः लागु औषध कारोबारीको साथबाट नक्कली रुपैयाँ फेला परेको छ।
लागु औषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ परेका व्यक्तिको साथमा नक्कली नेपाली रुपैयाँ समेत फेला पारेको हो। ब्युरोको टोलीले काठमाडौंको तार्केश्वर नगरपालिका १० स्थित लोकतान्त्रिक चोकबाट समातिएका धादिङ घर भएका सुक बहादुर तामाङको साथबाट लागु औषध सहित नक्कली रुपैयाँ समेत बरामद गरेको…
नेपालगन्ज- बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागु औषध मुद्दा बढ्दै गएको छ । खास गरी जिल्लामा लागु औषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन् । ती मध्येमा १७५ पुरुष र १० महिला […]
बारा स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिल बहादुर थापाको कमाण्डमा खटिएको गस्ती टोलीले पचरौता नगरपालिका ६ जमुनी नदी छेउबाट १० किलो लागु औषध चरेस बरामद गरेको हो । शनिवार बिहान साढे ९ बजे एक जना अपरिचित तस्करले मोटरसाइकल माथि २ वटा ग्यालनमा राखेर उक्त परिणाम बराबरको चरेस भारततर्फ लगिरहेका थिए । गस्ती टोलीलाई देख्न साथ उक्त तस्कर दुवै ग्यालेन त्यहीँ फालेर नेपालबाट भारततर्फ भागेको सशस्त्र प्
जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध तथा हातहतियार मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा निवासी २५ वर्षीय निनो श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले आफू बस्ने कोठामा लागु औषध लुकाइराखेको भन्ने गोप्य सूचनाका आधारमा निजको कोठामा गई खानतलासी लिँदा विभिन्न किसिमका लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।कोठाको दराज भित्र लुकाइराखेको अवस्थामा दुई लिटरको लेखिएको नुफिन १३४ एम्पुल, फेनेरागन लेखिएको दुई लिटरको १३६ एम्पुल, डाइजेपाम लेखेको दुई
काठमाडौं : कारागारबाट नै लागु औषधको कारोबार हुने गरेको घटना सार्वजनिक भइरहेको छ।
भारतबाट ल्याएर नेपालमा एम्पुल प्रयोग गर्ने प्रयोगकर्ता बढेका छन्। नेपालमा पछिल्लो समय प्रहरीले बरामद लागु औषध र पक्राउ गरेको मानिसको सङ्ख्यालाई हेर्दा लागु औषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ। लागु औषध गाँजा, चरेस, हेरोइन, कोकिन लगायतका लागु औषधको…
विरगञ्ज, मंसिर १९ । पर्सा प्रहरीले मोटरसाइकलको टंकीबाट लागु पदार्थ खैरो हिरोइन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नंम्बर १५ लक्ष्मनवास्थित राजु डिजल ग्यारेजबाट पर्सा प्रहरीले खैरो हिरोइन बरामद गरेको हो । मोटरसाइईकलको टंकीभित्र लुकाइ लागु औषध खैरो हिरोइन ओसार पसार कार्य गरिएको सूचनाको आधारमा प्रहरीले ग्यारेजमा चेकर्जाच गर्दा मर्मत गर्न लागेका ना.५६ प […]
काठमाडौँको नागढुंगाबाट प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना.६ख ४१३२ नम्बरको बसमा आएका पर्साको पकाहा मैनपुर घर भएका नितेश पटेललाई प्रहरीले पक्राउ गरेको थियो । उनको बयानका आधारमा अरू दुईजना पक्राउ परेका हुन् ।१९ वर्षीय नितेशको साथबाट प्रहरीले गाडीको सिटमा लुकाएर ल्याएको डाइजेपाम ५ सय एम्पुल, नुफ्रिन ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल बरामद गरेको छ ।सो लागु औषध कीर्तिपुर बस्ने रवीन्द्र प्रसाद कुर्मी र फैयाज अन्सारीले मगाएका थिए ।
पर्सा, असार २८ । वीरगञ्जबाट प्रहरीले २ सय ५० किलो लागु औषध गाँजा बरामद गरेको छ । एच आर ५५ एम २२०९ नम्बर भारतीय कन्टेनरमा भारततिर गाजा लैजाँदै गर्दा वीरगञ्ज–२४ स्थित आईसीपी जाने सडकबाट गाजा बरामद गरेको प्रहरीले जनाएको छ । हेटौंडाबाट ल्याइएको गाजा ट्रकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर […]
२९ चैत, पर्सा । प्रहरीले पर्साबाट लागु औषध चरेश १५ किलो बरामद गरेको छ । कालिकामाई गाउँपालिका– १ तीनडाबियाबाट प्रहरीले उक्त चरेश बरामद गरेको हो । शनिबार राति ९ बजे गएको प्रहरी टोलीले गँहुको खेतमा २ वटा बोराभित्र लुकाएर राखेको अवस्थामा चरेश बरामद गरेको थियो । चरेश आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको […]