१५ सय एम्पुल लागु औषध सहित नागढुंगाबाट ३ जना पक्राउ

 काठमाडौँको नागढुंगाबाट प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना.६ख ४१३२ नम्बरको बसमा आएका पर्साको पकाहा मैनपुर घर भएका नितेश पटेललाई प्रहरीले पक्राउ गरेको थियो । उनको बयानका आधारमा अरू दुईजना पक्राउ परेका हुन् ।१९ वर्षीय नितेशको साथबाट प्रहरीले गाडीको सिटमा लुकाएर ल्याएको डाइजेपाम ५ सय एम्पुल, नुफ्रिन ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल बरामद गरेको छ ।सो लागु औषध कीर्तिपुर बस्ने रवीन्द्र प्रसाद कुर्मी र फैयाज अन्सारीले मगाएका थिए ।

सम्बन्धित सामग्री

४ केजी लागु औषध हेरोइनसहित ३ जना पक्राउ

काठमाडौं ।  नेपाललाई ट्रान्जिट बनाई लागु औषधको तस्करी गर्ने गिरोह सक्रिय भएपछि अहिले नेपालमा लागु औषध पक्राउ पर्ने क्रम तीव्र भएको छ । लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले ४ केजी लागु औषध हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना विदेशी र १ जना नेपाली रहेका छन् । दक्षिण अफ्रिकाबाट […]

कलङ्कीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीबाट प्रहरीले लागु औषध ‘ब्राउन सुगर’ सहित ३ जनालाई पक्राउ गरेको छ ।मंगलबार कालिमाटी वृत्तका डिएसपीको कमाण्डमा खटिएको टोलीले लागु औषध कारोबारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा भारतीय नागरिक १८ वर्षीय मोहम्मद गुफरान, १८ वर्षीय अह्वान अन्सारी र ललितपुरको धोविघाट बस्ने ३९ वर्षका गणेश रजक छन् ।आरोपीहरूको साथबाट प्रहरीले ४३ ग्राम ब्राउन सुगर र २ लाख ४५ हजा

खैरो हेरोइन किनबेच गर्न लागेका ३ जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ बाट लागुऔषध ‘खैरो हेरोइन’ किनबेच गर्न लागेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उपमहानगरपालिका–५ स्थित ३२ वर्षीय एन्जल मास्केको घरबाट सरोज डंगोल, सुशिलकुमार लामा र घरधनी मास्केलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उनीहरुको साथबाट प्रहरीले २५०  मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । एन्जलको घरमा सुशीलकुमार लामा र सरोज डंगोल लागु औषध किन्न गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुमाथि लागु औषध मु

पोखरामा ब्राउन सुगरसहित ३ जना पक्राउ

पोखरामा लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको विजयपुर शान्ति मार्गमा लागु औषध ब्राउन सुगर बोकेर हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा माछापुच्छ्रे ४ घर भई विजय पुर बस्दै आएका १९ वर्षीय सुरज रानाभाट, विजयपुरका २५ वर्षीय आगमन राई र पोखरा नयाँ बजारका ४० वर्षीय मनसुराम सुनार रहेका छन् । प्रहरीले उनीहरुलाइ शंकाको आधारमा चेकजाच गर्दा ब्राउन सुगर भेटेको जिल्ला प्रहरी कार्यलय कास्क

खैरो हेरोइन सहित ३ जना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१९ स्थित बर्वाबाट प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका घर भएका अमेरिका सहनी, बलिष्टर सहनी र राम आदेश सहनी छन् ।गएराती पक्राउ परेका उनिहरुको साथबाट ७९ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।आरोपीहरुले ना.१ ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलको फिल्टर बक्समा लुकाएर खैरो हेरोइन ल्याएका थिए । पल्सर मोटरसाइकलमा ५५ वर्षीय अमेरिका सहनी र ५२ वर्षीय राम आदेश सहनी सवार

ललितपुरबाट लागुऔषध सहित ५ जना पक्राउ

ललितपुरबाट प्रहरीले लागु औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ स्थित नौधाराबाट जेठ २१ मा राज महर्जन र कृष्ण कुमार बिकलाई पक्राउ गरेको थियो । पछि थप ३ जना पक्राउ परेका हुन् ।  उनीहरुको बयानका बालकुमारी र ग्वार्को क्षेत्रबाट थप ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी दिनेश घिमिरेले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा शक्तिलाल साहु, राजकुमार शाह र रुपेश बादिकार छन् ।इन्सपेक्टर हरी ओली नेतृत्वको टोलीले आरोपीहरुको साथबाट ५९ एम्पुल डाइजेल्य

४९ किलो गाँजासहित बाराबाट ३ जना पक्राउ

प्रहरीले बाराको महागढीमाई नगरपालिका–२ स्थित इनर्वा चोकबाट गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका घर भएका अमिरका पासवान, रमेश चौधरी र राज कुमार ठाकुर छन् ।लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरुको साथबाट ४९ किलो गाँजा बरामद गरेको छ । सोमबार मध्यान्ह महागढीमाईको बरियापुरतर्फबाट तेलकुवा जाँदै गरेको ना.२ह ६१०६ नम्बरको अटो र पल्सर मोटरसाइकलमा सवार उनिहरुलाई चेकजाँच गर्दा सो गाँजा फेला प

खैरो हेरोइन कारोबार गर्ने एक युवतीसहित ३ जना पक्राउ

लागु औषध (खैरो हेरोइन) सहित प्रहरीले झापा र कञ्चनपुरबाट एकजना युवतीसहित तीन जनालाई पक्राउ गरेको छ ।झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले २६ वर्षीय सुमन दनुवार र दमक घर भएकी २१ वर्षीया समिता राईलाई पक्राउ गरेको छ ।लागु औषध नियन्त्रण ब्यूरो र सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट प्रहरीले २० वर्षीया राकेश औजीलाई पक्राउ गरेको छ । भिमद

खैरो हेरोइनसहित झापाबाट ३ जना पक्राउ

झापा जिल्लाको झापा गाउँपालिका–२ स्थित झापा बजारबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बजार बस्ने २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ घर भएका १९ वर्षीय प्रताप लिम्बु छन् । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।आरोपीहरुको साथबाट ५ सय ३० मिलिग्राम अवैध लागुऔषध खैरो हेराइन बरामद गरिएको छ । हेरोइन जोख्ने २ थान डिजीटल तराजु पनि उनीहरुको साथमा फेला परेको छ । उनीहरुबारे लागु औषध मुद्दामा अनुसन्धान भइरह

फरार अपराधीहरुको फाइल पल्टाउँदै मकवानपुर प्रहरी, एकैदिन ३ जना पक्राउ

मकवानपुर प्रहरीले एकै दिनमा ३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार लागु औषध मुद्दामा ९ वर्षदेखि फरार भएका हेटौडा १ का सुजित लामालाई पक्राउ गरेको हो।