कोरोना संक्रमित वडाध्यक्षको उपचारका क्रममा निधन

काठमाडौं। पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। उनी दुई सातादेखि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत थिए। उनको मृत्युको पुष्टि गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले गरेका हुन्। शवको व्यवस्थापन झापामै गरिने लिङदेनले बताए।

सम्बन्धित सामग्री

रहेनन् ‘मिस्टर भर्जिन’का निर्देशक बिशारद बस्नेत

निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन भएको छ। ३९ वर्षका उनको शुक्रवार साढे पाँच वजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि कोरोना संक्रमित रहेको र चार दिनअघि मात्रै कोरोना संक्रमणमुक्त भएको फिल्म निर्माता कुमार बिनोद पौडेलले जानकारी दिए। जेठ ९ गते बस्नेतमा कोरोना संक्रमण देखिएको…

कोरोना संक्रमणबाट असईको मृत्यु

न्युज अफ नेपाल, जनकपुर । कोरोना संक्रमणबाट नेपाल प्रहरीका सहायक निरीक्षक असइको मृत्यु भएको छ । कोरोना संक्रमित असइको उपचारका क्रममा निधन भएको हो । महोत्तरीको भंगहा नगरपालिकास्थित प्रहरी चौकीमा कार्यरत ४० वर्षीय असइकोको मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । सुरुमा जानकी हेल्थ केयरमा उपचार गराइरहेका उनको पछि प्रादेशिक […]

कोरोना संक्रमणबाट रुपन्देहीका उद्योगी कसौधनको निधन

बुटवल । कोरोना संक्रमित उद्योगी सतिशचन्द्र कसौधनको उपचारका क्रममा निधन भएको छ ।

निर्देशक चेतन कार्कीको निधन

२ जेठ, काठमाडौं । नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान १० बजे उपचारका क्रममा निधन भएको हो । उनको निधनमा चलचित्रकर्मीले दुःख […]

संक्रमितको शव लैजानै समस्या

कोरोना संक्रमित डडेल्धुराकी एक महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भयो । उनका आफन्तले दाहसंस्कारका लागि शव गाउँ लैजान खोजे । आफन्तले जतिसुकै प्रयास गरेपनि शव गाउँ लैजान सकेनन् । कोरोना संक्रमितको शव बोक्न कोही गाडीवाला तयार भएनन् । उनीहरुले एम्बुलेन्स र शवबाहन पनि पाएनन् । जतिसुकै प्रयास गर्दा पनि सम्भव नभएपछि आफन्त शव जिल्ला प्रशासन कार्यालय कैलालीको जिम्मा लगाएर फर्किए । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला संकट व्यवस्थापन केन्द्र मार्फत ती महिलाको गोदावरी नदीमा दाहसंस्कार गरिदियो। महिलाका आफन्तले अन्तिम संस्कार समेत हेर्न पाएनन् ।