अस्पतालका दुई हजार शय्या निःशुल्क

सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियानले सफलता पाइरहेको छ। सरकारले विपन्नका लागि निःशुल्क गराएका अस्पतालको शय्या दुई हजार २८ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि अस्पतालको १० प्रतिशत शय्या निःशुल्क उपचार हुने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई निर्देशन दिएको थियो। मन्त्रालयले बुधबार उपत्यकाका गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूतिगृह, कान्ति बाल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि विपन्नका लागि निःशुल्क शय्या व्यवस्था गर्ने निर्णय गरेको छ। कान्ति बाल अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ४५०, ट्रमा सेन्टरले १५०, सहिद गङ्गालाल हृदय केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरिएको हो। यसअघि सात सय शय्या वीरमा र ३३० शय्या विराटनगरस्थित कोशी अस्पताले निःशुल्क गर्ने निर्णय भएको थियो। योसँगै अब विपन्नका लागि विभिन्न अस्पतालमा निःशुल्क घोषणा गरिएको शय्या सङ्ख्या दुई हजार २८ पुगेको छ। मन्त्रालयका अनुसार बिस्तारै अन्य केन्द्रीय अस्पतालमा पनि विपन्नका लागि निःशुल्क शय्या थपिँदै जाने छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय स्तरका सरकारी अस्पतालमा विपन्न परिवारलाई निःशुल्क उपचार गर्ने व्यवस्थालाई तीव्रता दिने बताउनुभयो। उहाँले यस अभियान अन्तर्गत छ वटा सङ्घीय अस्पतालका ती शय्यामा रहेर उपचार गर्दा अन्य कुनै

सम्बन्धित सामग्री

१३ वटा अस्पतालबाट निःशुल्क सेवा लिन मन्त्री जोशीको अनुरोध - NepaliPatra

चितवन। बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशवासीलाई अनुरोध गरेका छन्। आइतबार यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा अस्पतालका आठ सय एक शय्या निःशुल्क गरिएको भन्दै उक्त सेवा लिन अनुरोध गरेका हुन्। गत आर्थिक वर्ष २०७९–८० मा ती अस्पतालबाट सात लाख ५५ हजार २४ बिरामीले सेवा […]

अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेश मन्त्री जोशीको अनुरोध

चितवन– बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा अस्पतालका आठ सय एक शय्या निःशुल्क गरिएको भन्दै उक्त सेवा लिन अनुरोध गरेका हुन् । गत आर्थिक वर्ष २०७९–८० मा ती अस्पतालबाट सात लाख ५५ हजार […]

वीर अस्पतालका सात सय शय्या निःशुल्क, आठ बजेबाट सेवा सुरु

बिरामीको अत्यधिक चाप हुने देशकै पुरानो अस्पताल वीर अस्पतालमा दैनिक २५ सयदेखि तीन हजार बिरामी सेवा लिन आउने गर्दछन् ।