दक्षिण एसियाली मुलुक अफगानिस्तानमा फेरि चर्किएको घरेलु द्वन्द्वसँगै बढेको राजनीतिक संकटले त्यहाँ रहेका १४ हजारभन्दा बढी नेपाली कामदारको सुरक्षाप्रति चिन्ता जगाएको छ । कागजी प्रक्रियामा ‘वैधानिक रोजगार गन्तव्य’ मानिए पनि अफगानिस्तान सधैं द्वन्द्व र त्रासको भूमि रहिआएको यथार्थ हो ।