नेपालीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेशी नागरिकले नेपालमै ठग्न थाले

काठमाण्डौ – नेपालीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेशी नागरिकहरूले समेत ठगी गर्न थालेका छन् । भिसा, अफर लेटर, श्रम स्वीकृति जस्ता कागजात देखाएर विदेशी नागरिकले नेपालीहरूलाई वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाउने भन्दै ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।  काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार यसरी ठगी गर्ने दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानको रावलपिन्डी घर भई अहिले ठमेल बस्ने नाजिर मोहम्मद र अजरबैजनका आयसेल हुसेनिल...

सम्बन्धित सामग्री

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल

भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी महादेशका केही देशहरूमा गैरकानूनी रूपमा पु¥याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारामा परेको गुनासो आइरहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो अपिल गरेको हो । राम्रो रोजगारी र आकर्षक तलब सुविधा पाउने लोभमा कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट वैदेशिक रोजगारीमा जान नमिल्नेतर्फ ध्यानाकर्षण गराउँदै मन्त्रालयले गन्तव्य मुलुकका बारेमा पूर्ण जानकारी लिई नियमअनुसार श्रम स्वीकृति प्राप्त गरी मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको हो । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका कयौँ मुलुकमा नेपाली नागरिकलाई अलपत्र पारेको भनी इजाजतपत्र प्राप्त संस्था, शैक्षिक परामर्शदाता संस्था, ट्राभल्स एजेन्सी र विभिन्न विचौलियाविरुद्ध उजुरीहरू प्राप्त भएको श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले जानकारी दिए ।“विदेशमा रोजगारीको अवसर प्राप्त भइसकेपछि यस मन्त्रालयअन्तर्गत निकायबाट श्रम स्वीकृति नलिई विभिन्न वहानामा वैदेशिक रोजगारीमा जानु पूर्णतः गैरकानूनी कार्य हो”, उनले भने । वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई विदेशी भूमिमा अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ । सरकारले वैदेशिक रोजगारीमा पुगेर पीडित बनेकालाई न्याय दिलाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ । श्रम मन्त्रालयलेसमेत वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा तत्काल प्रतिउत्तर कार्यटोली र यस मन्त्रालयका उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरिसकेको छ । वैदेशिक रोजगार ऐन, २०६४ र यसअन्तर्गत बनेका नियमका अधिनमा रही सरकार, इजाजतपत्र प्राप्त संस्थाहरु (मेनपावर कम्पनी) र व्यक्ति स्वयम् जिम्मेवार भई वैदेशिक रोजगारीमा पठाउन सकिने व्यवस्था छ ।

श्रमिक अलपत्र पार्नेलाई तह लगाउन उपसचिवको नेतृत्वमा ‘मार्सल टोली’ गठन

काठमाडौँ । नेपालीलाई विदेशी भूमिमा अलपत्र पार्ने क्रम बढेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मार्सल टोली’ गठन गरेको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका विभिन्न देशमा नेपाली नागरिकलाई अलपत्र पारेको भन्दै उजुरीहरू बढ्न थालेपछि मन्त्रालयका उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरी नेपाल प्रहरीको समेत सहभागितामा दोषी उपर कारबाही गर्न लागिएको मन्त्रालयले जनाएको छ […]

दलालको आश्वासन : पैसा डुब्यो काम पाएनन्

सप्तरी, राजविराज । सीप र सूचना नलिई एजेन्टको प्रलोभनमा परि बैदेशिक रोजगारीमा गएका कारण यहाका धेरै यूवाहरु ठगिने र विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् । पछिल्लो पटक यस्तै प्रलोभन र ठगिको सिकारमा परेका तीन जना यूवाहरु विगत एक वर्षदेखी न्याय खोज्दै भौतारिएका छन् । एजेन्टले भने अनुसारको काम नपाइएपछि एक महिनासम्म दुबईमा अलपत्र परेर […] The post दलालको आश्वासन : पैसा डुब्यो काम पाएनन् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

वैदेशिक रोजगार: जागिरको प्रलोभनमा बर्सेनि एक अर्ब रूपैयाँ लुट

काठमाडौं, साउन २६ । म्यानपावर कम्पनी र दलालहरूले विदेशी मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक एक अर्ब रूपैयाँ हाराहारीमा लुटिरहेका छन्। म्यानपावर कम्पनी र दलालहरूले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आकर्षक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन्। तर भनिएअनुसार काम र सुविधा पाउनुको सट्टा विदेश […]

विदेशमा आर्कषक रोजगारी देखाएर सोझा र गरिब नेपालीबाट वर्षेनी १ अर्ब लुट्दै

म्यानपावर कम्पनी र दललाहरुले विदेशी मुलुकमा आर्कषक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक १ अर्ब रुपैयाँ हाराहारीमा लुटिरहेका छन् । म्यानपावर कम्पनी र दलालहरुले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आर्कषक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन् । तर, भनिए अनुसार काम र सुविधा पाउनुको सट्टा विदेश पुगेका युवा अलपत्र पर्ने गरेका छन् । यसरी प्रलोभनमा पारेर मिलेमतोमा लुटिएको रकम वार्षिक औसतमा १ अर्ब रुपैयाँ हाराहारी छ । वैदेशिक रोजगार विभाग अनुसार