मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण

कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो ।

सम्बन्धित सामग्री

मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण

टीकापुर । कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो । किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत  आठ लाख बराबरका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीले जानकारी दिए […]

मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण

टीकापुर (कैलाली)- कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो । किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत रु आठ लाख बराबरका सामग्री वितरण गरिएको ...

मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण

टीकापुर (कैलाली)- कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो । किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत रु आठ लाख बराबरका सामग्री वितरण गरिएको ...

मकैमा फौजी कीराको प्रकोप

सल्यान । सल्यानमा किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको छ । गतवर्षजस्तै यस वर्ष पनि जिल्लामा फौजी कीराको प्रकोप देखापरेको हो । यस वर्ष जिल्लाको सिद्धकुमाख गाउँपालिकाका किसानले लगाएको मकैबालीमा फौजी कीराले क्षति पुर्‍याएको छ । मुख्य खाद्यान्नको रूपमा मकै उत्पादन गरी उपभोगका साथै आम्दानी गर्दै आएका किसान फौजी कीराले बोट नै सखाप पार्न थालेपछि चिन्तित भएका छन् । सिद्धकुमाख गाउँपालिका वडा नम्बर १ बाँझकाँडामा किसानले लगाएको मकैमा फौजी कीराको प्रकोप देखिएको हो । मकै गोड्ने बेलामा फौजी कीराले नष्ट गर्न थालेको धानटाकुराका किसान दुर्पत बुढाथोकीले बताए । ‘फौजी कीराले मकै सखाप पारेको छ, राम्रो उत्पादन हुने भएकाले मकै रोपेका थियौं, विगतमा यस्तो प्रकोप थिएन,’ उनले भने, ‘पहिलोपटक मकैमा यस्तो समस्या देखा परेको छ ।’ मेलबोटका किसान देवी बुढाथोकीले कीराले मकै सखाप पार्न थालेपछि कतिपय किसानले दोस्रो पटक मकै रोपेको बताइन् । बाँझकाँडाका १ सय बढी किसानले लगाएको मकैमा फौजी कीराको प्रकोप देखापरेको सिद्धकुमाख गाउँपालिका कृषि शाखाले बताएको छ । नायव प्राविधिक सहायक चन्द्रबहादुर केसीले बाँझकाँडाका अधिकांश किसानले लगाएको मकैबालीमा कीराले क्षति पुर्‍याएको जानकारी दिए । केही किसानले लगाएको मकैमा फेद कटुवा कीराको प्रकोप देखिए पनि धेरैजसोमा फौजी कीराको समस्या रहेको उनले बताए । कीरा नियन्त्रणका लागि इमाभेटिन बेन्जोएट नामक विषादी वितरण गरिएको जानकारी उनले दिए । कृषि विकास कार्यालय सल्यानले भने जिल्लामा फौजी कीराको प्रकोप देखिएको बारेमा अहिलेसम्म कार्यालयमा खबर नआएको बताएको छ । कार्यालयका प्रमुख महेश आचार्यले मकैको फेद कटुवा कीराको बारेमा जानकारी आएको, तर फौजी कीराले गरेको असरका बारेमा अहिलेसम्म जानकारी नआएको बताए । फेद कटुवा कीराले मकैको डाँठ नै काट्ने भएकाले समस्या हुने गरेको भए पनि फौजी कीरालाई भने शुरुआती अवस्थामा नियन्त्रण गर्न सकिने उनले बताए । ‘हामीकहाँ शारदा नगरपालिकाका २/३ ठाउँबाट मकैमा कीराको प्रकोप देखिएको खबर आएको थियो, कटुवा कीराको प्रकोप रहेछ,’ उनले भने । फेद कटुवा कीरा दिउँसो बोटको मुनि जरा आसपासमा बस्ने र रातको समयमा डाँठ नै काट्ने भएकाले नियन्त्रणकालागि किसानलाई बढी समस्या हुने उनले बताए । फौजी कीराले मकैको पात, गुभो लगायतका भाग खाने भएकाले विषादी प्रयोग गरेर नियन्त्रण गर्न सकिने उनको भनाइ छ । जिल्लाभर करिब १९ हजार ३ सय हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ ।

मकैखेती प्रवर्द्धन गर्न कृषकलाई अनुदान

जेठ २२, नवलपरासी । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवर्द्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवर्द्धनका लागि नगरपालिकाले करीब रू. ३६ लाख उपलब्ध गराउने भएको हो । पछिल्लो समय जिल्लाको यहाँको नगर क्षेत्र मकै पकेट क्षेत्रका रुपमा प्रख्यात छ। मकै प्रवर्द्धनका लागि गैँडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच सम्झौता भएर अनुदान वितरण गर्न लागिएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत संघीय मकै प्रवर्द्धन कार्यक्रम अनुसार मकै खेती गर्नका लागि सहकारीसँग सम्झौता गरेर किसानलाई अनुदान उपलब्ध गराएको नगरप्रमुख छत्रराज पौडेलले बताए ।  कृषि सहकारीसँग भएको सम्झौताअनुसार नगर क्षेत्रको कम्तिमा ४६० हेक्टर क्षेत्रफलमा मकै खेती लगाएको हुनुपर्ने उनले बताए । मकै खेती लगाए बापत नगरपालिकाको तर्फबाट रू. ३५ लाख ८८ हजार विनायक कृषि सहकारीलाई उपलब्ध गराउने गरी सम्झौता गरिएको नगरप्रमुख पौडेलले बताए । ३० बिघा क्षेत्रफललाई एउटा क्लस्टर बनाएर मकै खेती गर्नुपर्ने सम्झौतामा जानकारी दिइएको छ ।  सम्झौता गरिएको सहकारीले क्लस्टरअनुसार मकै खेती व्यवस्थापन गर्नुपर्ने छ । अनुदान लिन चाहने कृषकको जग्गाको पुर्जाको प्रतिलिपि अनिवार्य गरिएको छ । विसं २०७८ जेठ मसान्तभित्र कार्य सक्नेगरी सम्झौता भएको छ । रासस