मकैमा फौजी कीराको प्रकोप

सल्यान । सल्यानमा किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको छ । गतवर्षजस्तै यस वर्ष पनि जिल्लामा फौजी कीराको प्रकोप देखापरेको हो । यस वर्ष जिल्लाको सिद्धकुमाख गाउँपालिकाका किसानले लगाएको मकैबालीमा फौजी कीराले क्षति पुर्‍याएको छ । मुख्य खाद्यान्नको रूपमा मकै उत्पादन गरी उपभोगका साथै आम्दानी गर्दै आएका किसान फौजी कीराले बोट नै सखाप पार्न थालेपछि चिन्तित भएका छन् । सिद्धकुमाख गाउँपालिका वडा नम्बर १ बाँझकाँडामा किसानले लगाएको मकैमा फौजी कीराको प्रकोप देखिएको हो । मकै गोड्ने बेलामा फौजी कीराले नष्ट गर्न थालेको धानटाकुराका किसान दुर्पत बुढाथोकीले बताए । ‘फौजी कीराले मकै सखाप पारेको छ, राम्रो उत्पादन हुने भएकाले मकै रोपेका थियौं, विगतमा यस्तो प्रकोप थिएन,’ उनले भने, ‘पहिलोपटक मकैमा यस्तो समस्या देखा परेको छ ।’ मेलबोटका किसान देवी बुढाथोकीले कीराले मकै सखाप पार्न थालेपछि कतिपय किसानले दोस्रो पटक मकै रोपेको बताइन् । बाँझकाँडाका १ सय बढी किसानले लगाएको मकैमा फौजी कीराको प्रकोप देखापरेको सिद्धकुमाख गाउँपालिका कृषि शाखाले बताएको छ । नायव प्राविधिक सहायक चन्द्रबहादुर केसीले बाँझकाँडाका अधिकांश किसानले लगाएको मकैबालीमा कीराले क्षति पुर्‍याएको जानकारी दिए । केही किसानले लगाएको मकैमा फेद कटुवा कीराको प्रकोप देखिए पनि धेरैजसोमा फौजी कीराको समस्या रहेको उनले बताए । कीरा नियन्त्रणका लागि इमाभेटिन बेन्जोएट नामक विषादी वितरण गरिएको जानकारी उनले दिए । कृषि विकास कार्यालय सल्यानले भने जिल्लामा फौजी कीराको प्रकोप देखिएको बारेमा अहिलेसम्म कार्यालयमा खबर नआएको बताएको छ । कार्यालयका प्रमुख महेश आचार्यले मकैको फेद कटुवा कीराको बारेमा जानकारी आएको, तर फौजी कीराले गरेको असरका बारेमा अहिलेसम्म जानकारी नआएको बताए । फेद कटुवा कीराले मकैको डाँठ नै काट्ने भएकाले समस्या हुने गरेको भए पनि फौजी कीरालाई भने शुरुआती अवस्थामा नियन्त्रण गर्न सकिने उनले बताए । ‘हामीकहाँ शारदा नगरपालिकाका २/३ ठाउँबाट मकैमा कीराको प्रकोप देखिएको खबर आएको थियो, कटुवा कीराको प्रकोप रहेछ,’ उनले भने । फेद कटुवा कीरा दिउँसो बोटको मुनि जरा आसपासमा बस्ने र रातको समयमा डाँठ नै काट्ने भएकाले नियन्त्रणकालागि किसानलाई बढी समस्या हुने उनले बताए । फौजी कीराले मकैको पात, गुभो लगायतका भाग खाने भएकाले विषादी प्रयोग गरेर नियन्त्रण गर्न सकिने उनको भनाइ छ । जिल्लाभर करिब १९ हजार ३ सय हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ ।

सम्बन्धित सामग्री

फलफूलमा औँसा, केरामा खपटे र मकैमा फौजी कीराको प्रकोप

म्याग्दीका खेतबारीका बाली तथा बगैचाका फलफूलमा फौजी किराको प्रकोप भएपछि किसान चिन्तित बनेका छन् । यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी कीराको प्रकोप देखिएको हो । फूल फुलेर चिचिला लाग्न थालेका सुन्तलाबारीमा फलेका काँक्रा, घिराँैला, गोलभेंडालगायतमा औँसा तथा घोगा लाग्न थालेका मकैमा फौजी कीरा र केरा खेतीमा खपटे रोगको प्रकोप …

म्याग्दीको मकै बालीमा फौजी कीरा

गलेश्वर – म्याग्दी जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पुर्‍याउन थालेको छ । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायतका क्षेत्रका किसानले लगाएको मकै बालीमा त्यस्ता कीराले दुःख दिन थालेको हो । हुर्किसकेका, घोवा हाल्न लागेका र भर्खर उम्रिएर हरिया भएका मकैका बोटलाई कीराले सखाप अवस्थामा पुर्‍याएको किसानको बताएका छन् । भर्खर हरिया भएका बोटमा […]

बाँकेको मकैखेतीमा देखियो फौजी कीरा

नेपालगञ्ज – बाँकेका किसानले लगाएको मकैमा फौजी कीरा देखिएको छ। मकै पकेट क्षेत्र मानिने जिल्लाको हिरमिनियाको मकैखेतीमा फौजी कीरा देखिएको हो। फौजी कीरा देखिएपछि मकै गोलमेल सकाएका किसानमा चिन्ता छाएको छ। किसान ज्ञानलाल यादवले फौजी कीराले कलिलो मकैको डाठ खाएको बताए। एक विगाहमा मकै लगाएका यादवले फौजी कीरा देखिएपछि विषादी छर्केको बताए। फौजी कीरा लागेको […]

मकैमा फौजी कीराको प्रकोप

बर्दियामा मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप फैलिएको छ । हुर्कन लागेको मकै बालीमा फौजी कीरा फैलिएपछि किसानले कृषि प्राविधिकको सल्लाहमा विषादी छर्न थालेका छन् । फौजी कीराले मकैबाली सखाप पार्न थालेको गुलरिया–९ का किसान जागेश्वर थारुले बताए ।

मकैमा यो पटक पनि फौजी कीरा

सर्लाही । सर्लाहीका किसानले लगाएको मकै बालीमा यो वर्ष पनि फौजी कीराले क्षति पुर्‍याउन थालेको छ । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकै बाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

मकैमा यो पटक पनि फौजी कीरा

सर्लाही । सर्लाहीका किसानले लगाएको मकै बालीमा यो वर्ष पनि फौजी कीराले क्षति पुर्‍याउन थालेको छ । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकै बाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

बेमौसमी मकै खेतिमा देखिएको फौजी कीरा नियन्त्रण

गल्याङ नगरपालिकाको बिभिन्न ठाउँमा लगाईएको बेमौसमी मकै खेतिमा लागेको फौजी किरा नियन्त्रणमा ल्याईएको छ ।