जग्गा प्रशासनमा सफल शेषनारायण पौडेल वैदेशिक रोजगार विभागको महानिर्देशक नियुक्त

माघ २५, काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेष नारायण पौडेललाई वैदेशिक रोजगार विभागको महानिर्देशक नियुक्त गरेको छ । यस अघि भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक हुँदा जग्गा प्रशासन सुधारमा उल्लेख्य काम गरेका थिए । १२६ वटै मालपोत कार्यालयमा अनलाइन प्रणाली लागू गरेका पौडेलले बैंक तथा वित्तीय संस्थालाई भूसेवा केन्द्रको अनुमति समेत दिएका थिए । स्थानीय तहलाई पनि भूसेवा केन्द्रको अनुमति दिएका पौडेलको पालामा देशभरका दर्जन बढी मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय बनाएका थिए । जग्गा प्रशासनको इतिहासमै पहिलोपटक पौडेलकै पालामा उनी सहित ४ जना कर्मचारीले राष्ट्रपति र सरकारबाट पाउने सरकारी सम्मान र पदक समेत पाएका थिए । भूमि विभागमा आउनु अघि पौडेल पोखरा महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत रहेका थिए । त्यो भन्दा अघि, रामेछाप, बागलुङ र मोरङको प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । प्रविधि मैत्री र सेवा प्रवाह सुधारमा देखिने गरि काम गर्ने पौडेल, प्रशासन र प्रविधि सुधारको खाँचो रहेका सरकारी कार्यालयको रोजाइमा परेका छन् । वैदेशिक रोजगार विभागमा एक वर्ष भन्दा कम समय मात्रै काम गर्न पाउने भएकाले छोटो समयमै प्रविधि मैत्री सेवा दिन र हजारौ श्रमिकका गुनासो सम्बोधन गर्न पौडेललाई चुनौती छ । तर अहिलेसम्म नेतृत्व लिएका कार्यालयमा देखिने गरि परिवर्तन ल्याउन सफल पौडेलले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका समस्याहरु पनि समाधान गर्न सक्षम हुने उनलाई नजिकबाट चिन्ने सहकर्मीहरुले बताएका छन् । आगामी वर्ष उच्च शिक्षा अध्ययनको लागि पौडेल जापान जाँदै छन् ।

सम्बन्धित सामग्री

देशभरि अझै करिब ११ लाख बालबालिका बालश्रममा रहेकाे अनुमान

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार विभाग महानिर्देशक डण्डुराज घिमिरेका अनुसार मन्त्रालयले बालश्रम न्यून गर्न १० वर्षे गुरुयोजना नै बनाएर अघि बढेको छ।

देशभरि अझै करिब ११ लाख बालबालिका बालश्रममा रहेकाे अनुमान

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार विभाग महानिर्देशक डण्डुराज घिमिरेका अनुसार मन्त्रालयले बालश्रम न्यून गर्न १० वर्षे गुरुयोजना नै बनाएर अघि बढेको छ।

मलेसियामा बन्धक बनाइएका १९ नेपाली २ दिनभित्रमा नेपाल आइपुग्ने

काठमाडौँ । मलेसियामा बन्धक बनाएका १९ जना नेपाली दुई दिनभित्रमा स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ को निर्देशनमा वैदेशिक रोजगार विभाग, मलेसियास्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार प्रक्रिया अगाडि बढाएको हो । उनीहरू

वैदेशिक रोजगार विभाग, बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय सम्झौता

वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम स्वीकृति लिई कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका नेपाली व्यवसायीहरू र प्रवासी नेपाली कामदारहरूको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सहकार्य गर्ने उदेश्यले पत्रमा हस्ताक्षर गरिएको हो ।समझदारी पत्रमा वैदेशिक रोजगार विभागका तर्फबाट महानिर्देशक उमाकान्त आचार्य, बोर्डको तर्फबाट निर्देशक मैया कँडेल र नेपाल व्यवसायी संघ कतारका तर्फबाट संघका अध

सेवा शुल्क बढाउनुपर्ने लगायतका १७ बुँदे माग गर्दै म्यानपावर व्यवसायी आन्दोलित

११ माघ, काठमाडौं । म्यानपावर व्यवसायीहरु विभिन्न १७ बुँदे माग राख्दै आन्दोलित भएका छन् । विभागका महानिर्देशक कुमारराज दाहाल म्यानपवर व्यवसायीको समस्या समाधानमा गम्भीर नभएको, अनुगमनका नाममा आतंक सिर्जना गर्न खोजेको भन्दै विभिन्न माग तेर्स्याएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन थालेको हो । उनीहरुले आइतबार वैदेशिक रोजगार विभाग बुद्धनगरको मूल गेटमा धर्ना दिँदै कोणसभा […]