नेपाल सरकारको रु २० करोडको लागतमा सूर्यविनायक नगरपालिका–१ स्थित सिरुटार–बिरुवा सडक निर्माण आजदेखि शुरू गरिएको छ ।
सडकको आज बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले शिलान्यास गरे । ढलसहित ११ मिटर चौडाइ कालोपत्र सडकमा फुटपाथ, कुलो, सडकपेटी, हरियाली र उज्यालो सडक अभियानअन्तर्गत सडकबत्ती जडान सम्पन्न गर्ने गरी निर्माण शुरू भएको उनले बताए ।
प्रदेशसभा सदस्य थापाले भने, “बालकोट र सिरुटारको सिमाना पुलबाट सिरुटार–बिरुवा सडकखण्ड पहिलो चरणमा निर्माण सम्पन्न हुँदैछ, यसका लागि प्रदेशबाट रु १५ करोडको ब...