देश विकास गर्ने हुटहुटीले आफूहरूमा आएको छ : सांसद डा वाग्ले

तनहुँ क्षेत्र नं १ मा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले देश विकास गर्ने हुटहुटीले आफूहरूमा आएको बताउँदै तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्याया निर्वाचित प्रमाणपत्र ग्रहण गरेपछि उहाँले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गर्दै सो प्रतिबद्धता जनाउनुभएको …