आज राष्ट्रिय कफी दिवस : कफीको समायोजन मूल्य लागू

काठमाण्डाै – राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको कफीको मूल्य साेमबारदेखि लागू भएको छ । बोर्डले मङ्सिर १ गते अर्थात् साेमबारदेखि लागू हुने गरी कफीको न्यूनतम मूल्य कायम गरेको हो । उत्पादन लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको छ । बोर्डले आर्थिक वर्ष ०७६/७७ मा फ्रेस चेरी ग्रेड...

सम्बन्धित सामग्री

कफी निर्यात ६६ प्रतिशतले बढ्यो

काठमाडौं । कफीको निर्यात ६६ प्रतिशतले बढेको छ । गुणस्तरीयताका हिसाबले नेपाली कफीले अन्तरराष्ट्रिय बजारमा छुट्टै पहिचान बनाउन सफल भएकाले विश्वबजारमा नेपाली कफीको माग दिनप्रतिदिन बढ्दै गएको हो । नेपालमा उत्पादित कुल कफीको करीब २५ प्रतिशत कफी विदेशी बजारमा निर्यात हुँदै आएको बताइएको छ । भन्सार विभागको तथ्यांकअनुसार आव २०७६/७७ मा नेपालले ५ करोड ७७ लाख रुपैयाँ बराबरको ४६ दशमलव ८९ मेट्रिकटन कफी निर्यात गरेको थियो भने आव २०७७/७८ सम्म आइपुग्दा यो परिमाण करीब ६६ प्रतिशतले वृद्धि हुँदै ९ करोड ६० लाख रुपैयाँ बराबरको ७२ दशमलव ४८ मेट्रिकटन कफी निर्यात भएको छ । निर्यात बढेसँगै सोही वर्ष नेपालमा कफीको आयातसमेत घटेको तथ्यांकले देखाएको छ । आव २०७६/७७ मा ११ करोड ८८ लाख रुपैयाँ बराबरको २ सय ६६ मेट्रिकटन कफी नेपाल आयात भएकोमा आव २०७७/७८ मा १० करोड ६७ लाख रुपैयाँ बराबरको १ सय ९८ दशमलव ७६ मेट्रिकटन मात्रै कफी नेपाल आयात भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपाली कफीले अन्तरराष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्यसमेत प्राप्त गर्दै आएको छ । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली कफीको माग अन्तरराष्ट्रिय बजारमा दिनप्रतिदिन बढ्दै जानुले नेपालमा कफीको खेतीको सम्भावना बढ्दै गएको देखाएको बताएका छन् । १७औं राष्ट्रिय कफी दिवसको पूर्वसन्ध्यामा कीर्तिपुरस्थित बोर्डको कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । बोर्डले आज (मङ्सिर १ गते) आफ्नै कार्यालयमा ‘कफी किसानलाई संरक्षण र प्रोत्साहन व्यावसायिक कफी उत्पादनमा युवाको योगदान’ भन्ने नारालाई आत्मसात् गर्दै १७औं राष्ट्रिय कफी दिवस मनाउने भएको छ । कफी किसानहरूलाई संरक्षण र प्रोत्साहन गर्दै कफीक्षेत्रमा युवा पुस्ताहरूलाई आकर्षण गरी सीमित क्षेत्रमा गरिँदै आएको कफिखेतीलाई कफी स्टेटमा रूपान्तरण गर्न सकेमा मात्रै व्यावसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने तथ्यलाई बोर्डले प्रमुखताका साथ अगाडि बढाएको जानकारी दिइएको छ । दिवसको अवसरमा बोर्डले यस वर्षका लागि कच्चा कफीको न्यूनतम समर्थन मूल्यसमेत तोकेको छ । बोर्डले ए ग्रेडको फ्रेस चेरीकफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ, बी ग्रेडको फ्रेस चेरी प्रतिकेजी ८० रुपैयाँ तोकिएको छ । त्यसैगरी पार्चमेन्ट ए ग्रेडको कफी प्रतिकेजी ४ सय ५० रुपैयाँ, पार्चमेन्ट बी ग्रेडको ३ सय ९७, ड्राइचेरी ए ग्रेडको प्रतिकेजी १ सय ४८ र ड्राइचेरी बी ग्रेडको मूल्य प्रतिकेजी ९५ रुपैयाँ तोकिएको छ ।