चीनको एक प्रसिद्ध पेय पदार्थ कम्पनीले आफ्नो उत्पादनमा स्त्रीद्वेषी नारा दिएको भन्दै सामाजिक सञ्जालमा आक्रोशको सामना गर्नुपरेको छ । त्यसपछि उक्त कम्पनीले माफी मागेको छ ।
सेक्सी टीशप नामक उक्त कम्पनीले एक कपमा महिलाको मोलतोल गर्ने भन्ने किसिमको शब्दावली उपयोग गरेको थियो । अनि पेय पदार्थका ग्राहकले ड्रिंक्सको प्रतीक्षा गर्दा महिलालाई छान्न सक्ने पनि लेखेको थियो ।
त्यसअघि उक्त शपले टीब्यागको विज्ञापनमा पनि यस्तो नारा राखेको थियो– मास्टर, आई वान्ट यू । त्यससँगै भ्यागुतोको बच्चोको तस्वीर राखिएको थियो जुन वीर्य जस्तो द...