काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ ।
पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको हो । प्रचण्डको सचिवालयका अनुसार बैठकमा स्थानीय तह निर्वाचन, बजेटसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
यसअघि, शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको थियो...