धनुषा - छठ पर्व नजिकिएसँगै माटोका भाँडाको माग बढेको छ ।
सीमावर्ती बजारमा भारतीय माटाका भाँडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोका भाँडाको कारोबार बढेको हो ।
धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, बटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, शहीदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभइ दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् ।
सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुमालेको व्य...