काठमाण्डौ – गण्डकी र कर्णाली प्रदेशबाहेक अरू ६ वटा प्रदेशले आउँदाे आर्थिक वर्ष २०७८/०७९ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । लुम्बिनी प्रदेशले केही दिनअघि र पाँच वटा प्रदेशले बिहीवार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रणलाई प्राथमिकता दिँदै सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने योजना ल्याएका छन् । अरू धेरै योजना र कार्यक्रम भने पुरानैलाई निरन्तरता दिइएको छ ।
प्रदेश १
प्रदेश एक सरकारले स्वास्थ्य, शिक्षा, रोजगार, सामाजिक सुरक्षा र भौतिक पूर्वाधार...