मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित “कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार” संविधानसभा सदस्य विनोद पहाडीलाई प्रदान गरिएको छ । तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा शान्ति समाजद्वारा आइतबार बुटवलमा आयोजित कार्यक्रमका बीच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पहाडीलाई रु. १ लाख १० हजार पुरस्कार राशि र सम्मानपत्र प्रदान गरे ।शान्ति समाजका केन्द्रीय सभापति गोवि