मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरिने भएको छ । संविधानसभा सदस्य (२०६४–६९) समेत रहेका अधिकारकर्मी एवं सञ्चारकर्मी पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेकोे उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो । २०७९ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा १ लाख १० हजार पुरस्कार राशि र सम्मानपत्रसहित पहाडीलाई