लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको नक्सा परिमार्जन गर्न संविधान संशोधन प्रस्ताव ल्याइँदा असहमति राखेका कारण तत्कालीन समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुका साथै संसद्बाट पनि बर्खास्त गरेको थियो । आफू सांसद नरहेपछि उनी काठमाडौँ छाडेर सिरहाको लहान नगरपालिकास्थित आफ्नो घरमा बस्न थालेकी छन् ।सरिता गिरीले मेयरमा चुनाव लड्ने घोषणा पनि गरेकी थिइन् । पछिल्लो समय उनको भूमिका र राजनीतिक लक्ष्य के छ भन्ने प्रस्ट हुन सकेको छैन । त्यसैले मेयरमा चुन