नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनपछि उनको परिवारमा राजनीतिक उत्तराधिकारीका लागि होडबाजी चलिरहेको छ । उनका परिवारका दुई जना सदस्य सरिता गिरी र शेखर गिरी राजनीतिक उत्तराधिकारको होडमा छन् । तर प्रदीप गिरीकी पत्नी र छोरा सन्तोष गिरीलाई भने राजनीतिक उत्तराधिकारको होडसँग कुनै मतलब छैन ।बरु प्रदीप गिरी निकट व्यक्तिहरुले आगामी चुनावमा उनका पत्नी र छोरा सन्तोषलाई उम्मेदवारीका लागि आग्रह गरेका छन् । तर उनीहरु राजनीतिमा आउन इच्छुक नदेखिएको बताइएको छ । प्रदीपका छोरा सन्तोष भन्छन्, ‘हामी