काठमाण्डाै – म्यानमारमा शनिवार ‘आर्म्ड फोर्सेज डे’ को अवसरमा सेनाको चेतावनीपछि सडकमा निस्किएका प्रदर्शनकारीमध्ये कम्तीमा ९१ जनाको गोली लागेर ज्यान गएपछि सैन्य प्रमुख मिन आङ लाइङ र उहाँका जनरलहरूले रातमा ‘भव्य पार्टी’ गरेको बीबीसीले जनाएको छ । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतवार बिहान मृतकको अन्तिम संस्कारका क्रममा पनि सेनाले हस्तक्षेप गर्ने कोसिस गरेको थियो । शनिवार भएको सेनाको दमनपछि पनि आइतवार विरोध प्रदर्शनको सिलसिला रोकिएको छैन । म्यानमारमा गएको...