एजेन्सी। अध्ययनका अनुसार सन् २००० देखि नेपालभन्दा चारगुणा ठूलो क्षेत्रफलको जङ्गल वृद्धि भएको छ। झण्डै पाँच लाख ९० हजार वर्ग किलोमिटरको जङ्गलले ५.९ गिगाटन कार्बनडाइअक्साइड खपत गरेको विभिन्न देशमा गरिएको स्थलगत अध्ययन र भू-उपग्रहबाट सङ्कलित डाटाले देखाएको छ। सोही अवधिमा डब्लूडब्लूएफको अध्ययनअनुसार विश्वभर ३८ लाख ६० हजार वर्ग किलोमिटर जङ्गल फँडानी भएको छ।