राप्ती उपत्यकाको जग्गा फुकुवा गर्न पालिकाको दबाब, राजधानी व्यवस्थापनमा असहयोग गर्ने चेतावनी

२२ साउन, दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा जग्गा कित्ताकाट र किनबेचमा लगाइएको रोक तीन वर्ष बितिसक्दा पनि सरकारले फुकुवा गरेको छैन । लामो समयसम्म जग्गा कारोबार रोक्का हुँदा जग्गा धनी मर्कामा परेपछि फुकुवाका लागि राजधानी क्षेत्रका पालिका प्रमुखहरुले प्रदेश सरकारलाई संयुक्त दबाब दिन थालेका छन् । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारले ०७७ असोज […]

सम्बन्धित सामग्री

साउन १५ सम्म जग्गा फुकुवा नभए आन्दोलनको चेतावनी

दाङ : लुम्बिनी सरकारले रोक्का जग्गा फुकुवा नगरे राप्ती उपत्यकावासीले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्। एक महिनाभित्र फुकुवा गर्ने सम्झौता अहिलेसम्म पालना नभएको भन्दै उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन्।राजधानी व्यवस्थापन तथा जग्गा फुकुवा संघर्ष समितिका सहसंयोजक शंकर गौतमले सरकारले वार्ता गरी एक महिनाभित्र जग्गा फुकुवा गर्ने भनेपछि आन्दोलन स्थगित गरेको भन्दै अहिलेसम्म कार्यान्वयन नभएको हुँदा फेरि कडा आन्दोलन गर्ने बताए।उनले भने, ‘हामी यहाँका बासिन्दा मर्कामा परेर संघर्ष गरेका हौँ

देउखुरीमा जग्गा फुकुवाको माग गर्दै स्थानीयको रिले अनशन

२४ वैशाख, दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा रोक्का गरिएको जग्गा फुकुवाको माग गर्दै स्थानीय वासिन्दाले सुरु गरेको रिले अनशन ६ दिन पुगेको छ । राजधानी व्यवस्थापन गर्ने भन्दै ३२ महिनादेखि रोकिएको जग्गा फुकुवा गर्न माग राख्दै स्थानीय वासिन्दाले लुम्बिनी प्रदेश सरकारको मुख्य प्रशासनिक भवनको मूलगेटमा रिले अनशन बसेका हुन् । देउखुरीमा राजधानी घोषणा हुनुअघि […]