राप्ती उपत्यकाको रोक्का जग्गा फुकुवा नगरे राजधानी व्यवस्थापनमा सहयोग नगर्ने पालिका अध्यक्षको चेतावनी

रूपन्देही । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले तीन वर्षदेखि लुम्बिनीको राजधानीस्थल राप्ती उपत्यकाको रोक्का जग्गा तत्काल फुकुवा नभए स्थानीय सरकारले राजधानी व्यवस्थापनमा सहयोग नगर्ने चेतावनी दिएका छन् । अध्यक्ष बिष्टले आइतबार सामाजिक सन्जालमा धारणा राख्दै तत्काल जग्गा फुकुवा नगरे राजधानी व्यवस्थापनमा कुनै सहयोग नगर्ने स्पष्ट पारेका हुन् । उनी राजधानी व्यवस्थापन समितिमा खटिएका स्थानीय […]

सम्बन्धित सामग्री

साउन १५ सम्म जग्गा फुकुवा नभए आन्दोलनको चेतावनी

दाङ : लुम्बिनी सरकारले रोक्का जग्गा फुकुवा नगरे राप्ती उपत्यकावासीले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्। एक महिनाभित्र फुकुवा गर्ने सम्झौता अहिलेसम्म पालना नभएको भन्दै उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन्।राजधानी व्यवस्थापन तथा जग्गा फुकुवा संघर्ष समितिका सहसंयोजक शंकर गौतमले सरकारले वार्ता गरी एक महिनाभित्र जग्गा फुकुवा गर्ने भनेपछि आन्दोलन स्थगित गरेको भन्दै अहिलेसम्म कार्यान्वयन नभएको हुँदा फेरि कडा आन्दोलन गर्ने बताए।उनले भने, ‘हामी यहाँका बासिन्दा मर्कामा परेर संघर्ष गरेका हौँ

देउखुरीमा जग्गा फुकुवाको माग गर्दै स्थानीयको रिले अनशन

२४ वैशाख, दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा रोक्का गरिएको जग्गा फुकुवाको माग गर्दै स्थानीय वासिन्दाले सुरु गरेको रिले अनशन ६ दिन पुगेको छ । राजधानी व्यवस्थापन गर्ने भन्दै ३२ महिनादेखि रोकिएको जग्गा फुकुवा गर्न माग राख्दै स्थानीय वासिन्दाले लुम्बिनी प्रदेश सरकारको मुख्य प्रशासनिक भवनको मूलगेटमा रिले अनशन बसेका हुन् । देउखुरीमा राजधानी घोषणा हुनुअघि […]