क्याप्टेन उप्रेती भन्छन्— युवापुस्तालाई नागरिक उड्डयनतर्फ आकर्षित गर्न यो काम आवश्यक थियो । सिनामंगलस्थित क्यानको ८ हजार वर्गफिट जग्गामा निर्मित यो म्युजियम दसवर्षे साझेदारीअन्तर्गत सञ्चालनमा ल्याइएको हो ।
कोभिड- १९ का कारण दोस्रो पटक ५ महिनादेखि बन्द रहेको एभिएसन म्युजियम सिनामंगल काठमाडौं आजबाट पुनः सनचालनमा आएको छ। नया स्वरूपमा आएको यो म्युजियम नयाँ ठाऊमा सारिएको केटाकेटीको खेल्ने स्थान बच्चाहरूका लागि निकै आकर्षक भएको छ।
एभिएसन म्युजियम सर्वसाधारणलाई खुला
कारोबार संवाददाता
काठमाडौं, १० मंसिर
काठमाडौंको सिनामंगलमा रहेको ‘एभिएसन म्युजियम’ सोमबारदेखि सर्वसाधारणका लागि पनि खुला हुने भएको छ । तीन साताअघि ‘सफ्ट लञ्च’ गरी विद्यार्थीका लागि मात्र खुला गरिएको म्युजियम सर्वसाधारणका लागि पनि खुला गरिएको यसका संस्थापक वेद उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार सर्वसाधारणको बढ्दो चासो र सफ्ट लञ्चपछि यसमा भ्रमण गर्नेको उत्साहका कारण यसलाई खुला गर्न लागिएको हो । नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टले निर्माण गरेको यो म्युजियम एयरबस ३३०–३०० मा निर्माण गरिएको संसारकै एकमात्र म्युजियमसमेत हो ।
उप्रेतीका अनुसार तीन सातामा ५० हजार विद्यार्थीले म्युजियम अवलोकन गरेका छन् । कात्तिक १९ गतेदेखि विद्यार्थीका लागि खुला गरिएको म्युजियममा मंसिर ९ गतेसम्म ५० हजारभन्दा धेरै विद्यार्थीले अवलोकन गरको उनले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । “तीन हप्तामा ५० हजारभन्दा धेरै विद्यार्थीले अवलोकन गर्नुलाई हामीले म्युजियमप्रति ठूलो उत्साह र जिज्ञासा रहेको महशुस गरेका छौं,” उनले भने । म्युजियम निर्माणका लागि ट्रष्टले मात्र आर्थिक लगानी गरेको र यसका लागि करिब ७ करोड रुपैयाँ खर्च भएको कार्यक्रममा जानकारी दिइयो ।
म्युजियम प्रवेश गर्न सर्वसाधारणका लागि २ सय ५० रुपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीलाई १ सय २५ रुपैयाँ शुल्क रहेको छ । यस्तै, फरक क्षमता भएका (अपांग)हरूका लागि १ सय २५ रुपैयाँ तथा सार्क राष्ट्रका नागरिकलाई २ सय ५० र विदेशीलाई ५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको जनाइएको छ । टर्किस एयरको मानवीय क्षतिरहित दुर्घटनाबाट ग्राउण्डेड भएको यो जहाजलाई स्क्र्याप नगरी म्युजियम निर्माण गरिएको घटनाले नेपालीको शीर विश्वसामु उँचो भएको कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका निर्देशक देवचन्द्र लाल कर्णले बताए । उनले भने, “यो जहाज इन्डियामा लगेर कवाडीमा बिक्री गर्नुपर्ने अवस्था रहेन, हामीले त्यो अवस्था आउन दिएनौं ।” उनले वेद उप्रेती ट्रष्टको रचनात्मक काम भएकै कारण प्राधिकरणले सहकार्य गरेको स्मरण गर्दै यसबाट मुलुकमा विमानका विषयमा अध्ययन गर्न चाहनेका लागि स्रोतअभाव नहुने धारणा राखे । “विमानस्थलसम्म प्रवेश पहुँच नहुने र जहाज चढ्ने अवसर नपाएकाहरूका लागि यो म्युजियमले धेरै कुरा सिकाउँछ,” उनले भने । यस्तै प्राधिकरणका अर्का निर्देशक बाबुराम पौडेलले उड्डयन क्षेत्रमा जनशक्ति विकासका लागि विद्यार्थीलाई यसबाट आकर्षित गर्न सकिने बताए ।
म्युजियमले तेक्वान्दो खेलाडी दिपक विष्टलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । यसअघि विद्यार्थीका लागि मात्रै उक्त म्युजियम खुला गरिएको थियो । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि उक्त म्युजियम निशुल्क प्रवेश गर्ने व्यवस्था कायमै राखिएको छ भने अन्य तहका विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने जनाइएको छ । यस्तै, १५ जना विद्यार्थीसँग जाने एक शिक्षकलाई निशुल्क प्रवेश दिइने जनाइएको छ । २५ कर्मचारी कार्यरत म्युजियममा म्युजियम एटेन्डेन्डहरू एयर होस्टेजको युनिफर्म लगाएर आगन्तुकको स्वागत गर्ने व्यवस्था मिलाइएको छ ।
म्युजियममा ७ वटा हल छन् । यी हलहरूमा राइट दाजुभाइले निर्माण गरेकोदेखि अहिलेसम्मका ३५० भन्दा बढी ‘मिनिएचर’ मोडल एयरक्राफ्ट राखिएको छ । एयरबस–३३० को ग्लास ‘ककपिट’, आधुनिक लडाकु विमान, व्यापारिक एयरलाइन्सका विमान, नेपाल वायुसेवा निगमले उडान सुरु गर्दाको हवाई सेवा तथा नेपालमा उडेका जहाज, इक्विरेल हेलिकोप्टरका मोडल र क्याप्टेन उप्रेतीले आकाशबाट खिचेका एरियल तस्बिर रहेका छन् । उप्रेतीले यसअघि कैलालीको धनगढीमा १ करोड ५० लाख रुपैयाँ लगानीमा नेपालमै पहिलो ‘एयरक्राफ्ट म्युजियम’ २०७२ देखि सञ्चालनमा ल्याएका छन् । एभिएसन म्युजियमको आम्दानी क्यान्सरपीडितका लागि खर्च गर्ने उनको योजना छ ।
उड्डय क्षेत्रको जानकारी दिने उद्देश्य साथ नेपाल मै पहिलो एभिएसन म्युजियम सञ्चालन भएको छ। एभिएसन म्युजियमले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि म्युजियमको औपचारिक सुरुवात भएको जानकारी गराएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा झण्डै सात करोड लगानीमा बनाईएको सो म्युजियमको पुरै संरचना एयसबस भित्र रहेको छ। जहाज भित्रै बनाईएको संग्रहालय ५…
काठमाडौँ । एक व्यक्तिको रु सात करोडको लगानीमा काठमाडौँको सिनामंगलमा विश्वकै फरक हवाई उड्डयन संग्रहालय ‘एभिएसन म्युजियम’ खुलेको छ ।
इन्डोनेसियाली विमान ‘लायन’का क्याप्टेन वेद...
सिनामंगलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गामा निर्माण पूरा भएको एभिएसन म्युजियम तयार भएको छ। त्रिभुवन विमानस्थलभित्रैको धावनमार्ग बाहिर धसिन पुगेको टर्किस एयरको विमान म्युजियमको प्रमुख विशेषता हो। सर्वसाधारणका लागि छिटै खुल्ने तयारीमा रहेको म्युजियम कस्तो छ त? हेर्नुस् १० फोटोहरु