काठमाडौँ । एक व्यक्तिको रु सात करोडको लगानीमा काठमाडौँको सिनामंगलमा विश्वकै फरक हवाई उड्डयन संग्रहालय ‘एभिएसन म्युजियम’ खुलेको छ ।
इन्डोनेसियाली विमान ‘लायन’का क्याप्टेन वेद...
पृथ्वीमा मानव अस्तित्वका लागि स्वस्थ वातावरण र दिगो पारिस्थितिक प्रणाली आवश्यक पर्छ । तर, औद्योगिकीकरण, पूर्वाधार निर्माण र शहरीकरणको तीव्र प्रतिस्पर्धाले गर्दा मानव जीवनशैली, सोच र स्वास्थ्यमा प्रतिकूल असरहरू पनि देखापरेका छन् । त्यसैले आवास, कार्यालय, होटेल, अस्पताल, विद्यालय, मन्दिरपरिसरमा रमणीय हरियाली उद्यान बनाउनु सम्पन्नताको मानक बन्दै गएको छ । तसर्थ, आफूलाई शान्त र खुशी बनाउन मानिस पुनः प्रकृतितर्फ फर्कंदै छन् । यसैको प्रभाव स्वरूप नेपालमा पनि पछिल्लो समय शहरी पार्क, बोटानिकल गार्डेन (वनस्पति उद्यान), इको टे«ल, इको सर्किट, साहसिक खेल, होम स्टे सञ्चालन गर्ने लहर आएको छ, जुन पर्यापर्यटन, हरित रोजगारी र राजस्वका हिसाबले महत्त्वपूर्ण छन् ।
उद्यानको दिगो सञ्चालनका लागि प्रवेश तथा अन्य शुल्क, ध्यान तथा योगशिविर सञ्चालन गराउन सकिन्छ । उद्यानको मध्यवर्ती क्षेत्रमा वनभोज स्थलको सञ्चालन तथा व्यवस्थापनबाट पनि आम्दानी लिन सकिन्छ ।
राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ मा हिमाल, पहाड र तराईमा नमूना जडीबुटी उद्यानहरूको विकास गरी घरेलु उपचार, उत्पादन, संरक्षण र प्रवर्द्धन गरी जनचेतना अभिवृद्धि गर्ने उल्लेख छ । यसैगरी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विकास नीति २०६१ मा जडीबुटीको स्व–स्थानीय र परस्थानीय संरक्षण र जडीबुटी क्षेत्र तोक्ने उल्लेख छ । साथै वन ऐन २०७६ को प्रस्तावनामा सामुदायिक, राष्ट्रिय र शहरी वन व्यवस्थापनलाई समेटेर अप्रत्यक्ष रूपमा सम्बोधन गरेको छ भने वन नियमावली २०७९ ले वनस्पति उद्यान, जडीबुटीसम्बन्धी संरक्षण, अनुसन्धान र व्यवस्थापनका लागि प्रत्यक्ष रूपमा सम्बोधन गरेको छ ।
बोटानिकल गार्डेन र पार्कबीचको भिन्नता
दुवै संरचनामा भिन्नता भए पनि आम बुझाइ भने समान पाइन्छ । तर पनि यी दुवै उद्देश्य, प्राथमिकता र व्यवस्थापन विधिमा भने फरक हुन्छ । वास्तवमा वनस्पति उद्यान (बोटानिकल गार्डेन) भनेको वनस्पतिहरूको वैज्ञानिक व्यवस्थापन गरिएको जीवित संग्रहालय हो, जुन शिक्षा र जनचेतना अभिवृद्घिका लागि अपरिहार्य हुन्छ । यहाँ दुर्लभ, संकटापन्न, रैथाने, मौलिक र आर्थिक महत्त्वका वनस्पतिहरूको स्वस्थानीय र परस्थानीय संरक्षण, अध्ययन, अनुसन्धान, परीक्षण र प्रदर्शनी गरिएको हुन्छ । संरक्षित वनस्पतिहरूको वैज्ञानिक पहिचान र लेबलिङ हुन्छ भने संकलन गरिएका वनस्पतिहरूको मिति, स्थान र अन्य विवरणहरूको अभिलेख पनि राखिएको हुन्छ । साथै अन्तर उद्यान जर्मप्लाज्म (बीउ, गाना, जरा, हाँगा) साटफेर, कर्मचारीहरूबीच ज्ञान र अनुभव आदानप्रदान हरेक वनस्पति उद्यानमा हुनुपर्ने महत्त्वपूर्ण क्रियाकलाप हुन् ।
वास्तवमा जडीबुटी उद्यानको अवधारणाबाट वनस्पति उद्यानको विकास भएको हो । समयक्रममा वनस्पति उद्यानले ट्याक्सोनोमी (वैज्ञानिक पहिचान, नामकरण र वर्गीकरण), बीउ बैंक तथा थिमाटिक गार्डेनको स्याहारसम्भार, अभिलेखीकरण तथा विकास गरेको हो । जडीबुटी, सुनाखरी, उन्यू, बागवानी, जलीय, ढुंगे, ल्यान्डस्केप, रैथाने, साइटिस, शैक्षिक, इथ्नोबोटानिक, ट्याक्सोनोमिक फेमिली गार्डेन थिमाटिक गार्डेनका उदाहरण हुन् । यसैगरी जडीबुटीहरूको गुणस्तरीय बेर्ना उत्पादन तथा विक्री, दिगो खेती तथा प्रशोधन प्रविधिको विकास र हस्तान्तरणबाट स्थानीय जीविकोपार्जनमा योगदान पुर्याएको हुन्छ । हाल नेपालमा विभिन्न पारिस्थितिक प्रणालीहरूलाई प्रतिनिधित्व गर्दै वनस्पति विभागअन्तर्गत नौओटा जिल्ला (इलाम, धनुषा, मकवानपुर, ललितपुर, कास्की, बाँके, सल्यान, जुम्ला र कैलाली) मा १२ ओटा वनस्पति उद्यान सञ्चालित छन् । नेपालको सबैभन्दा पुरानो वनस्पति उद्यान राष्ट्रिय वनस्पति उद्यान, गोदावरी, ललितपुरको स्थापना विसं २०१९ मा भएको हो, जहाँ हाल करीब १ हजार ८५ वनस्पति प्रजाति संरक्षित छन् ।
शहरी पार्कको मूल उद्देश्य हरियाली, सुन्दरता, मनोरञ्जन, खुला स्थल, ऐतिहासिकता र शुल्क संकलन हुन्छ । तर, वनस्पति संरक्षण, मनोरञ्जन, वातावरणीय सेवा र राजस्व संकलनका हिसाबले पार्क र वनस्पति उद्यान दुवै बीच समानता पाइन्छ । हाल नेपालमा सामुदायिक, स्थानीय र प्रदेश सरकारबाट स्थापना गरिएका उद्यान वा पार्कहरूबाट केही भाग वनस्पति उद्यानका रूपमा सञ्चालन गर्न सकिन्छ ।
सामुदायिक स्तरमा सञ्चालन सम्भाव्यता
नेपालको संविधान २०७२ मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधनस्रोतको अधिकतम परिचालनबाट आर्थिक विकास गर्ने उद्देश्य रहेको छ । सामुदायिक वन व्यवस्थापनको सफलताको अभ्यासपछि अब हामीले अनुसन्धान, अन्वेषण र दिगो सदुपयोगलाई प्राथमिकता दिनुपर्ने समय आएको छ । जहाँ सुशासन तथा लाभांशको न्यायोचित वितरणले महत्त्व राख्छ । यसका लागि तीनै तहका सरकारले विद्यालय तहदेखि नै स्थानीय वनस्पति तथा जडीबुटीको वैज्ञानिक पहिचान, परम्परागत ज्ञान र अभ्यास, गुणस्तरीय उत्पादन, असल खेती तथा संकलन अभ्यास, मूल्य अभिवृद्घि, बजार सूचनाप्रणाली, बीमा, हरित रोजगारीजस्ता व्यावहारिक विषयहरू पाठ्यक्रममा समावेश गरी कार्यान्वयन गर्नु आवश्यक छ । केही स्थानीय तहले परीक्षण स्वरूप जडीबुटीसम्बन्धी पाठ्यक्रम लागू पनि गरेका छन् ।
वनस्पति विज्ञान कृषि र वन विज्ञानको जननी हो भने आयुर्वेद, औषधि तथा पोषणको मुख्य अंश हो । कोभिड–१९ को महामारीपछि विश्वले वनस्पति विज्ञान र बोटानिस्टहरूको महत्त्वलाई थप महसूस गरेको छ । हरेक वनस्पतिको अध्ययन, अनुसन्धानको शुरुआत वैज्ञानिक पहिचान, प्रजातिको उत्पत्ति स्थान, भौगोलिक वितरण र स्थानीय प्रयोगसम्बन्धी ज्ञानबाट हुन्छ । विडम्बना, विश्वमै बोटानिस्ट (ट्याक्सोनोमिस्टहरू) को संख्या घट्दो छ । तसर्थ, समयसापेक्ष बोटानिस्टहरूको दक्ष जनशक्ति उत्पादन, ज्ञान निर्माण र अवसरको सृजना गर्न नेपालका सरोकारवाला विश्वविद्यालयहरूको संलग्नता र क्रियाशीलता आवश्यक छ । यसैगरी विश्वविद्यालय वा अनुसन्धानमूलक संस्थाहरूले म्युजियम र हर्बेरियम संग्रहालय स्थापना गरी शैक्षिक केन्द्रका रूपमा विकास गर्न सक्छन्, जुन वनस्पति उद्यानको महत्त्वपूर्ण पाटो हो । साथै हर्टिकल्चरिस्ट, आयुर्वेदविद्, रसायनविद्हरूलाई एउटै वनस्पतिको बृहत् रूपमा अनुसन्धान गरी शोध, प्रकाशन तथा प्याटेन्टिङ कार्यमा आबद्घ पनि गराउन सकिन्छ । उद्यान स्थापनाको शुरुआती चरणमा भौतिक पूर्वाधार निर्माणमा ठूलो लगानी आवश्यक भए पनि बिस्तारै यसलाई दिगो रूपमा सञ्चालन गर्न सकिन्छ । तसर्थ, प्रारम्भमा स्थानीय, प्रदेश, संघीय वा संयुक्त रूपमा उद्यान निर्माणमा लगानी गर्नुपर्ने हुन्छ ।
उद्यानको दिगो सञ्चालनका लागि प्रवेश तथा अन्य शुल्क, ध्यान तथा योगशिविर सञ्चालन गराउन सकिन्छ । उद्यानको मध्यवर्ती क्षेत्रमा वनभोज स्थलको सञ्चालन तथा व्यवस्थापनबाट पनि आम्दानी लिन सकिन्छ । स्वदेशी शोभनीय फूलहरूको विकास, इन्डोर, आउटडोर, मौसमी फूलहरू तथा कट्फ्लावर उत्पादन गरेर स्थानीय रोजगारी सृजना गर्न सकिन्छ । साथै यसको बीउ तथा बेर्ना विक्री वितरणबाट आयात प्रतिस्थापन गर्न सकिन्छ । किनकि हरेक नेपाली र अंग्रेजी नयाँ वर्ष, प्रणय दिवस (भ्यालेन्टाइन डे) र तिहार पर्वमा करोडौं रकम फूलका लागि बाहिरिने गरेको छ । यसअतिरिक्त खाद्य, हर्बल चिया, पेय, दन्तमञ्जन, सौन्दर्य प्रसाधन, जैविक विषादी, स्यानिटाइजर र हस्तकलाका उपहार सामग्री विक्रीवितरणबाट थप आम्दानी गर्न सकिन्छ । विभिन्न उत्सव (जन्मोत्सव, स्मृति) मा वृक्षरोपण गराई थप आय–आर्जन तथा जनसहभागिता बढाउन सकिन्छ । जनचेतना र व्यापारका लागि पुष्प तथा जडीबुटी मेला आयोजना गर्न सकिन्छ । यसको प्रभावकारी कार्यान्वयनका लागि वनस्पति अनुसन्धान केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र तथा औषधालयहरू, कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय वा अन्य अनुसन्धानमूलक संस्थाहरूसँग लिखित समझदारी र ठोस कार्ययोजनाका साथ अघि बढ्नुपर्छ । समझदारी पत्रमा मुख्यतः भू–स्वामित्व, जिम्मेवारी र लाभको न्यायोचित बाँडफाँट उल्लेख गरिनुपर्छ । वास्तवमा यो एकीकृत सञ्चालन मोडेल वनस्पति उद्यानका लागि मात्र नभई विज्ञान र प्रविधिमा समुदायले अपनत्व लिन सहयोगी हुन सक्छ । अनि मात्र हामी वानस्पतिक विविधतामा धनी देश छौं भन्ने अनुभूति गर्न सक्छौं । समृद्धिको यो नयाँ आयाममा अघि बढ्न हाम्रो दृढ इच्छाशक्ति र समूहमा काम गर्न सक्ने क्षमतामा विकास हुनु अत्यन्तै जरुरी छ ।
लेखक वनस्पति विभाग, काठमाडौंका वैज्ञानिक अधिकृत हुन् ।
धनकुटा । धनकुटा नगरपालिकामा मात्र बसोबास गर्ने सीमान्तकृत अल्पसंख्यक समुदाय आठपहरिया जातिको संस्कृति जगेर्ना गर्न संग्रहालय बनाउन थालिएको छ ।
आठपहरिया जातिको विशेष पूजा गरिने बिहीबारे हाटस्थलमा संग्रहालय बनाउन लागिएको आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठपहरियाले बताए ।
धनकुटालाई चिनाउने फरक मौलिक जातीय संस्कृति रहेको आठपहरिया जातिको भाषा, धर्म, संस्कृति, भेषभूषाको संरक्षणका लागि संग्रहालयको महत्व रहने उनको भनाइ छ ।
संग्रहालयका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । आदिवासी जनजातिमा सूचीकृत हुनुपर्ने अडान राख्दै आएका आठपहरिया जातिको धनकुटा नगर क्षेत्रमा करिब ६ हजार जनसंख्या छ ।
नेपालको पूर्वी भेग अरुण र तमोर नदी बीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको ‘आठपहरिया’ सीमान्तकृत आदिवासी जनजाति हो । आठपहरिया धनकुटा नगरपालिकाको भूमि पूत्र भन्न रुचाउँछन ।
सिमान्कृत अवस्थामा रहेको यस जातिको बसोबास मख्यतः धनकुुटा नगरपालिकामा मात्रै पाइन्छ ।
०५८ को जनगणनामा यिनीहरूको जातिलाई आठपहरिया राई उल्लेख गरिएको थियो भने ०६८ को जनगणनामा जातिको नाम आठपहरिया मात्रै उल्लेख छ ।
यो जातिमा पुरुष र महिलाले लगाउने भेषभूषाले पनि मौलिक विशेषता बोकेको हुन्छ । खासगरी महिलाले लगाउने पहिरन र गहना विशेष प्रकारका हुन्छन् ।
तर, बढ्दो आधुनिकीकरणले यी मौलिक वेशभूषा लुप्त भइसकेका छन् । वेशभूषा संकटमा परेको गुनासो आएपछि धनकुटा नगरपालिकाले आठपहरिया वेशभूषा सिलाइ प्रशिक्षण सुरु गरेको धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङले बताए । यो जातिका मानिसले आफ्नै प्रकारका चाडपर्व मनाउँछन् र आफ्नै देवीदेवताको आरधना गर्छन ।
होमस्टे पनि सञ्चालन गरिने
धनकुटामा आठपहरिया जातिको मुख्य बसोबास रहेका स्थानमा होमस्टे (घरबास) समेत सञ्चालन गरिने तयारी गरिएको छ । धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्ने सीमान्तकृत किराँत आठपहरिया समुदायले पहिलोपटक होमस्टे सञ्चालन गर्न लागेका हुन् ।
होमस्टे सञ्चालन गर्नको तालिम लिएका सो समुदायले धनकुटा नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । होमस्टे सञ्चालन गर्न नगरका १० वडाका ३० जना तालिम प्राप्त जनशक्ति रहेको स्थानीय दिनेश आठपहरियाले बताए ।
जातीय, धार्मिक एवं संस्कृति प्रदर्शन गरी पर्यटकीय स्थलको रूपमा विकास गर्ने साथै मौलिक र अर्गानिक परिकार ग्राहकको रोजाइअनुसारको खानपान व्यवस्थापन गरिनेछ ।
व्यावसायिक रूपमा रहेका होटलभन्दा भिन्न हुने होमस्टेसँगै आठपहरिया जातिको पूजा गर्ने एक घरमा ५२ चुला र पाँच सय वर्ष पुरानो मार्गा मन्दिर पर्यटन आकर्षण केन्द्र बनाइने आठपहरीया समाज केन्द्रीय समिति अध्यक्ष सरमाया आठपहरियाले बताइन् ।
आठपहरिया जातिको मौलिक परम्परामा आधारित रहेको एउटै घरको ५२ चुलालाई विश्वभर चिनाउन गिनिज बुकमा नाम लेखाउन पहल सुरु भएको अध्यक्ष उनको भनाइ छ ।
धनकुटा : धनकुटा नगरपालिकामा मात्र बसोबास गर्ने सीमान्तकृत अल्पसंख्यक समुदाय आठपहरिया जातिको संस्कृति जगेर्ना गर्न संग्रहालय बनाउन थालिएको छ।आठपहरिया जातिको विशेष पूजा गरिने बिहीबारे हाटस्थलमा संग्रहालय बनाउन लागिएको आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठपहरियाले बताए।धनकुटालाई चिनाउने फरक मौलिक जातीय संस्कृति रहेको आठपहरिया जातिको भाषा, धर्म, संस्कृति, भेषभूषाको संरक्षणका लागि संग्रहालयको महत्व रहने उनको भनाइ छ। संग्रहालयका लागि ५० लाख बजेट विनियोजन गरिएको छ। आदिवासी जनजातिमा सूचीकृत हुनुपर्
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वीपी संग्रहालय सुन्दरीजलमा एकै समयमा दुई वटा फरक-फरक कार्यक्रम गर्ने तयारी गरेको छ। नेविसंघ सभापति नैनसिंह महरले स्ववियू सभापति एवं पदाधिकारीको एक दिने प्रशिक्षण कार्यक्रम तय गरेपछि नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले समूहले पनि सुन्दरीजलमै १२ औं महाधिवेशनलाई विधान र नियमावली सम्वन्धमा छलफल कार्यक्रम राखेका हुन्। सभापति महरले विधान…
नेहरू स्मृति संग्रहालय तथा पुस्तकालयको भ्रमणका वेला मैले पुराना तथा पुरातात्विक महत्वका भवनका खम्बा (पिलर) नियाल्दै गर्दा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू सिँडीबाट झर्दै छेउमै आउन लागेजस्तो महसुस मलाई भएको...पूरा पढ्नुहोस् »