स्टार्टअपलाई प्रोत्साहन

स्टार्टअपलाई प्रोत्साहन गर्ने उद्देश्यले न्यू बिजनेश एज प्रालिले आयोजना गरेको न्यूबिज स्टार्टअप समिट एन्ड अवाडर्स सम्पन्न भएको छ । यसमा पाँच उत्कृष्ट कम्पनीलाई ‘बेस्ट स्टार्ट अप अफ द इयर’ अवार्डद्वारा सम्मान गरिएको छ । उनीहरूलाई स्वतन्त्र निर्णायक मण्डलले कम्पनीको मिशन, भिजन, भ्यालु प्रोपोजिशन र बजार पहिचान, टिम कम्पोजिशन, क्यालिबर, इन्नोभेशन, डिस्ट्रप्सन, स्केलेबिलिटी र प्रतिस्पर्धी रणनीति, सूचनाप्रविधिको प्रयोग तथा सृजनात्मकताजस्ता आधारमा मूल्यांकन गरेको थियो । अभियान दैनिकको प्रकाशन संस्थाले यस्तो कार्यक्रम निरन्तर गर्दै आएको छ ।  अर्थतन्त्रको रूपान्तरणमा स्टार्टअप निकै सहयोगी हुने भएकाले यसलाई प्रोत्साहन गर्नु जरुरी हुन्छ । यस्तो प्रोत्साहन निजीक्षेत्रबाट हुन अझ सान्दर्भिक देखिन्छ । अवाडर््स कार्यक्रम विगतको निरन्तरता हो । तर, यसपटक फरक के देखियो भने विगतमा भन्दा स्टार्टअपसम्बन्धी सचेतना धेरै विकास भइसकेको छ । सरकारमा पनि सकारात्मक सोच आइसकेको छ । तर, अझै धेरै गर्न बाँकी छ । उदाहरणका लागि सरकारले स्टार्टअपलाई दिने सहुलियत कर्जालाई लिन सकिन्छ । यसले निश्चित मापदण्ड पूरा गरेका स्टार्टअप छानेर २५ लाख रुपैयाँ सस्तो ब्याजको कर्जा दिन लागेको छ । यो सकारात्मक काम भए पनि सहयोगको रकम भने निकै कम छ । करोड रुपैयाँ लगानी थपिँदै जाँदासमेत कतिपय स्टार्टअपहरू नाफा कमाउने अवस्थामा पुगेका छैनन् । यस्तोमा यति सानो रकमका लागि सरकारको दैलो कुरेर कुनचाहिँ स्टार्टअप अघि बढ्ला ?  दोस्रो, स्टार्टअपहरूमा विदेशीहरू लगानी गर्न तयार छन् । भेन्चर क्यापिटलहरू यसका लागि आकर्षित भएको देखिन्छ । तर, नेपालको क्रेडिट रेटिङ नहुँदा धेरै लगानीकर्ता हच्किने गरेका छन् । लगानी गर्न तयार भए पनि सरकारका प्रतिबन्धका कारण कतिपय लगानीकर्ता निराश भएको समेत पाइन्छ । सरकारले कृषिलगायत केही क्षेत्रमा विदेशी लगानी रोकेको छ जसले गर्दा कृषिमा आधारित स्टार्टअपका लागि विदेशी आउन नसक्ने अवस्था छ ।  अर्को, स्टार्टअप कसलाई भन्ने समस्या समाधान भएको छ । विगतमा स्टार्टअप कसलाई भन्ने भनेर सरकार आफै अन्योलमा थियो । तर, अहिले उसले यसका लागि परिभाषा गरिदिएको छ र सहयोगका लागि मापदण्डसमेत तयार पारेको छ । यसमा आएको एउटा सुधार यो पनि हो । अहिले कानूनको मस्यौदा तयार भइसकेको र चाँडै कानून आउने सरकारी अधिकारीले कार्यक्रमको प्यानल डिस्कसनमा जानकारी दिएका छन् ।  त्यसैगरी अहिले आएको अर्को परिवर्तन भनेको बैंकबाहेक अन्य स्रोतबाट लगानी गर्न वैकल्पिक लगानी उपकरण भेन्चर क्यापिटल आदिका लागि कानून लागू भइसकेको छ र यसले काम गर्न पनि थालिसकेको छ । यसरी स्टार्टअपका विषयमा भइरहेको सुधारको गति अघि बढेको देखिन्छ तर तीव्रताचाहिँ पर्याप्त देखिँदैन ।  यति हुँदाहुँदै पनि केही कुरामा अझै बुझाइ पुगेको छैन । स्टार्टअप अन्य उद्योगभन्दा अलग हो भन्ने स्थापित भएको छैन । सरकार र उद्यमीले समेत यसको भिन्नता आत्मसात् गर्न सकेको देखिँदैन । स्टार्टअप हुनका लागि नवीन सोच र विद्यमान प्रणालीमा केही ध्वंस गरेर आफ्ना सेवाग्राहीलाई बढी लाभ दिन सक्ने तत्त्व हुनैपर्छ । त्यस्तै डिजिटल प्रविधिको प्रयोग पनि हुनुपर्छ । डिजिटल प्रविधि प्रयोग नगरी भएको काम खास ठाउँमा मात्रै सीमित हुन्छ । त्यसलाई स्केल अप गर्न (ठूलो परिमाणमा लैजान) गाह्रो हुन्छ । त्यसैले डिजिटलीकरण आवश्यक छ ।  प्रविधि प्रयोग नभएका बाख्रापालन आदि व्यवसाय स्टार्टअप मानिँदैन । यो बुझाउन बाँकी छ । यद्यपि यसको बुझाइ माथिल्लो स्तरमा पुगेको पाइएको छ ।  नेपालले म्यानुफ्याक्चरिङ वा कृषि उत्पादन विश्व बजारमा बेच्न गाह्रो हुन्छ । तर, प्रविधिको उपयोग गर्दा भूगोल, भूपरिवेष्टितता आदिले बाधा पुर्‍याउँदैन । त्यसैले प्रविधिको प्रयोगलाई बढी केन्द्रित गर्नुपर्ने आवश्यकता छ । प्रविधि भनेको सामान्य सफ्टवेयर बनाउनु वा वेबसाइट बनाउनुमात्रै होइन । ह्याकिङ हुन नसक्ने, नक्कल गर्न नमिल्नेजस्ता विशेष पक्ष पनि हुनु आवश्यक छ ।

सम्बन्धित सामग्री

स्टार्टअपलाई प्रोत्साहन गर्न सवा अर्ब

मुलुकमा औद्योगिकरण नभएको अवस्थामा सरकारले नवप्रवर्तन स्टार्टअपलाई प्रोत्साहन गर्ने नीति लिएको छ।...

प्रोत्साहन अनुदान कार्यक्रममा चैते धान समावेश

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मागमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत चैते धानलाई पनि समावेश गरेको छ । उपमहानगरले चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कृषि विकास कार्यक्रमअन्तर्गत प्रोत्साहन अनुदान कार्यक्रम ल्याएको हो । केही नगदे बालीलाई प्रोत्साहन गर्ने उद्देश्यले तीन वर्षदेखि बुटवलमा यो कार्यक्रम सञ्चालनमा छ । जसअनुसार यस वर्षको कार्यक्रममा चैते धान खेतीलाई पनि […]

गर्भवतीलाई पोषण प्रोत्साहन

काठमाडौँ, २३ फागुन । तनहुँको व्यास नगरपालिकाद्वारा गर्भवतीलाई पोषण प्रोत्साहन वितरण गर्दै नगर उपप्रमुख इन्दिरा दरै । नगरपालिकाले मातृशिशु मृत्युदर घटाउन र गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण गर्नका लागि प्रोत्साहन कार्यक्रमको अवधारणा ल्याएको हो । रासस

किसानलाई प्रोत्साहन अनुदान दिइने

काठमाडौँ,१४ असोज । बुटवल उपमहानगरपालिकाले यहाँका किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले ५२ किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको हो । स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२ जनाकै माग स्वीकृत गरेको हो । उपमहानगरका वडा नं ११ […]

१३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले ६ खेलका १३ खेलाडीलाई खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । पारा तेक्वान्दोका चार, ब्याडमिन्टन र भलिबलका समान एक, बक्सिङका तीन, एथलेटिक्स र ट्रायथलनका समान दुई गरी १३...

‘निर्यात उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्छ’

काठमाडौँ – फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनका अध्यक्ष पवनकुमार गोल्यानले सरकारले विदेशी मुद्रा आर्जनका लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्। उनले पछिल्लो समय आयात बढ्दै जाँदा विदेशी मुद्रा सञ्चिति परेको दबाब कम गर्नका लागि निर्यातजन्य उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए। उनले सरकारले निर्यातजन्य उद्योगमा लगानी गर्ने र उद्योगबाट उत्पादित वस्तु बाहिरी मुलुकमा निर्यात गर्ने […]

शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता

तानसेन नगरपालिकाले स्वेच्छिक अवकाशमा जाने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो । राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले रु एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बालविकास सहजकर्तालाई मासिक रु  हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ ।यसैबीच विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा

उद्यमी युवालाई सरकारले प्रोत्साहन गर्नुपर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन् । काठमाडौंमा मंगलवार आयोजित पार्टी एकता घोषणा सभामा नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका हुन्...

जलविद्युतको उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहन

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा जलविद्युत उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने योजना बनाएको छ। यस्तै सरकारले बजेटमार्फत प्रसारण लाइनमा निर्माण गर्न समेत प्रोत्साहन गर्ने नीति लिएको छ। जसअनुसार प्रसारण लाइन निजी क्षेत्रले बनाएमा लागतको ७५ प्रतिशतसम्म रकम सरकारले उपलब्ध गराउनेछ।

कृषकलाई प्रोत्साहन रकम

दमौली । तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य सहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । चालु आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रति रोपनी रु पाँच हजारका […]