राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टी र सभापति रवि लामिछानेको काम–कारबाही र गतिविधिमाथि प्रश्नै–प्रश्न उठाएका छन् । ढकालले सभापति लामिछानेको व्यवहार र पार्टी सञ्चालन विधिमाथि आफ्नो समिक्षा यात्रा प्रतिवेदनमा आलोचना गरेका हुन् ।