काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। माओवादी केन्द्रको संसदीय दलको कार्याल सिंहदरवारमा बैठक सुरु भएको हो।
प्रतिनिधि सभाको आज बोलाइएको बैठकअघि माओवादी केन्द्रले संसदीय दलमा छलफल हुँदैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिदै छन्।
आजको प्रतिनिधिसभा बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने…
काठमाडौँ । अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आज छलफल हुँदै छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई […]
नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटी गठन गर्ने विषयमा छलफल सुरु भएको छ । प्रदेश अधिवेशन भएको ६ महिनापछि नेतृत्व चयनका विषयमा छलफल हुन थालेको हो । गत मंसिरमा प्रदेश अधिवेशन भएपनि विवादका कारण नेतृत्व चयन हुन सकेको थिएन ।प्रदेश कमिटीविहिन अवस्थामा माओवादी स्थानीय तह चुनावमा होमिएको थियो । जसका कारण माओवादीले यस चुनावमा १२ स्थानीय तह गुमाउन पुगेको छ । स्थानीय तहमा माओवादी पाँचौ भएपछि मधेस कमिटी गठनका विषयमा पुनः छलफल हुन थालेको इन्चार्ज गणेश शाहले बताए । ‘हामीले मधेस कमिटी गठन गर्न सकेका
काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमसीसी बारे पार्टीभित्र स्थानीय निर्वाचनपछि मात्र छलफल गर्ने भएको छ । प्रतिनिधिसभाबाट पारित भएको एमसीसी सम्झौताबारे माओवादी केन्द्रभित्र चर्को मतभेद छ । तर निर्वाचनमा केन्द्रित हुनका लागि एमसीसी बहसलाई पर सारिएको बताइएको छ ।
२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) बारे पार्टीभित्र स्थानीय निर्वाचनपछि मात्र छलफल गर्ने भएको छ । १५ फागुनमा प्रतिनिधिसभाबाट पारित भएको एमसीसी सम्झौताबारे माओवादी केन्द्रभित्र चर्को मतभेद छ । तर निर्वाचनमा केन्द्रित हुनका लागि एमसीसी बहसलाई पर सारिएको केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले जानकारी दिए । ‘एमसीसीका विषयमा […]
१३ फागुन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको छलफल सकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनादर्न शर्मालाई लिएर बालुवाटार गएका थिए । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी र सत्ता गठबन्धनबारे सकारात्मक छलफल भएको एक नेताले जानकारी दिए । बालुवाटार जानु अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार […]
४ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ । आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुनेछ । खासगरी एमसीसी नेपाल कम्प्याक्टबारे छलफल हुने नेताहरूले बताएका छन् । आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा […]
काठमाण्डाै – नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा)बीच सत्ता समीकरणका विषयमा छलफल भएको छ ।
माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आज भएको छलफलमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्पमा हुन सक्ने सत्तासाझेदारीको विषयमा छलफल भएको नेताहरुले बताएका छन् । छलफलपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारको विकल्प खोज्न दुवै पार्टी सकारात्मक भएको बताउनुभयो ।
उहाँले बैठकमा प्रधानमन्त्री ओलीको सर्वसत्तावाद परास्त गर्ने निष्कर्ष निकालेको भन्दै जसपाले प्रधानमन्त्री ओलीसँग कुनै सहकार्य नगर्ने बताउनुभयो । कांग्र...
सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेता महन्त ठाकुर, राजेन्द्र महतोलगायत पेरिसडाँडा पुगेका छन्। माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ छलफलमा छन्।