मोतीपुर औद्योगिक क्षेत्रः जग्गा कब्जा गर्ने समूहका अली पक्राउ
प्रहरीका अनुसार अलीले सरकारी जग्गा अतिक्रमणका लागि मानिसलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँट गर्ने, त्यसका लागि समिति बनाउने, ब्यानर बनाउने, बैठक बसी माइन्युटिङ गर्नेलगायतका कामको नेतृत्व गरेका थिए।...
मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा जग्गा कब्जा गर्न, टोली गठन गर्ने समूहका मुख्य योजनाकारलाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ स्थायी घर भई हाल बुटवल उप-महानगरपालिका-११ मा डेरा गरी बस्दै आएका ४४ वर्षीय सावीर अलि उर्फ राजु आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
बुटवल उपमहानगरपालिका–१७, रानीगन्जमा मंगलबार बिहानै सर्वसाधारण भेला भएका थिए । सबैको चासोको विषय सार्वजनिक जग्गा थियो । सरकारले यस क्षेत्रमा मोतीपुर औद्योगिक करिडोर निर्माणका लागि जग्गा छुट्याएको छ ।