बुटवल: कपाल प्रत्यारोपण सम्बन्धी परामर्श शिविर सुरु
रुपन्देही– बुटवलमा कपाल प्रत्यारोपण सम्बन्धी निःशुल्क परामर्श शिविर सुरु भएको छ।
बिहीबारदेखि तीन दिनसम्म चल्ने शिविरमा विविध कारणले कम उमेरमै कपाल झर्ने समस्या भोगिरहेकाहरुले लाभ...
काठमाडौं । अभिनेता निखिल उप्रेतीले कपाल प्रत्यारोपण गरेका छन् । दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकमा सर्जन तथा अभिनेता रुपक घिमिरेले उप्रेतीको कपाल प्रत्यारोपण गरेका हुन् ।
आधुनिक प्रविधि र विशेषज्ञको निगरानीमा आफूले कपाल रोपेको निखिलले …
मिर्गौला प्रत्यारोपण गरिएका बिरामीमा सफलतापूर्वक कपाल प्रत्यारोपण पनि गरिएको छ । अंग प्रत्यारोपण गरिएका कारण विभिन्न प्रतिरोधात्मक औषधिको सेवन गरिरहनुपर्ने बिरामीमा संक्रमणको जोखिम अत्याधिक हुन्छ । यस्तोमा कपाल प्रत्यारोपण गर्नु निकै जोखिमपूर्ण मानिने डा. मोहन भुषालले बताए ।
काठमाडौंको चुच्चेपाटीमा मिराकल क्लिनिक खोलेको डेढ वर्षमा डा भुषालले ९७ वटाको कपाल प्रत्यारोपण गरिसकेका थिए। ९८औं प्रत्यारोपण नाम अनुसारकै 'मिराकल' देखाउनुपर्ने चुनौती सहितको आइलागेको थियो। आफूलाई आँटी भन्न रुचाउने डा भुषालले कपाल प्रत्यारोपण गराएरै छाड्ने बस्नेतको तीव्र आकांक्षा महसुस गरे। उनले चिकित्सकीय प्रोटोकल र चिकित्सा विज्ञानले दर्शाएका जोखिमका विषयमा बस्नेतसँग छलफल गर्दै गए। बस्नेतले आफू तयार रहेको बताएपछि डा भुषाललाई पनि चुनौती लिन सहज भयो।
काठमाडौं । कपाल सौन्दर्यको प्रतीक पनि हो । बाक्लो र सिल्की कपालले मानिसमा आत्मविश्वास समेत बढाउने बताइन्छ । तर कतिपय व्यक्ति कपाल झर्ने समस्याका कारण हैरान छन् । आफ्नो कपाल थप झर्नबाट जोगाउन विभिन्न उपाय अपनाउँछन्, तर सफलता हात लागिरहेको हुँदैन । पछिल्लो समय हेयर ट्रान्सप्लान्ट अर्थात् कपाल प्रत्यारोपण गर्ने प्रविधि भित्रिएपछि भने कपाल झर्ने […]
सनराइज बैंकले पृथक किसिमको सेवा “कपाल प्रत्यारोपण” मा पनि ईएमआइ सेवा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुले आफ्नो आवश्यकतालाई भविष्यको लागि थाति राख्न नपरोस भनेर Buy Now Pay Later योजना अन्र्तगत ईएमआई सुविधा ल्याएको जनाएको छ । बैंकएल ग्राहकलाई एकै चोटि आर्थिक भार पर्न नदिन सन्राइज बैंकले सिद्धार्थनगर सिटि अस्पतालसंग सम्झौता गरि ईएमआईमा कपाल प्रत्यारोपण गर्ने व्यवस्था गरेको छ । बैंकले नेपालमा मात्र नभइ विश्व भरि मानिसमा कपाल झर्ने र कपाल पातलो हुने समस्या बढ्दै गएको छ र मानिसहरुमा कपाल प्रत्यारोपण गर्ने प्रवृति पनि संग संगै बढ्दै गएको यस सेवालाई अझै सहजिकरण गर्न अस्पतालसँग सहकार्य गरेको जनाएको छ । अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ता बन्दी सुविधा दिएको छ । कपाल प्रत्यारोपण लगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । बंैकले प्रत्यारोपणको लागि पचास हजार देखि तिन लाखसम्म यस्तो ऋण बिना धितो नै शुन्य ब्याजदरमा उपलब्ध गराउने छ । अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागी आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ । लग्जरी सुबिधा भएकाले एकै पटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको सन्राइज बैकका भैरहवाका शाखा प्रमुख हरिहर सुवेदीले बताए । यस अघिपनि बैंकले चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौंको कोटेश्वरस्थित K33 Hair Hotel, विशालनगरस्थित Arogin Health Care & Research,, बालुबाटारको Healthy Choice Nutrition and Fitness Clinic र पोखराको फेवा हेल्थ केयरमा कपाल प्रत्यारोपण÷प्रतिस्थापन गर्न आउने सेवाग्राहीलाई किस्ता बन्दी सुविधा दिने सम्झौता गरेको छ ।
गरिमा विकास बैंक Garima Bikas Bank Limited का ग्राहकले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा विशेष छुट पाउने भएका छन् । बैंकले काठमाडौंको विशालनगरमा रहेको यस सेन्टरसँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा ४० प्रतिशतसम्म छुट सुबिधा पाउन सक्ने छन्। बैंकका अनुसार ग्राहकले हेयर ट्रान्सप्लान्टमा २५ देखि ४०% सम्म, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३०%, हेयर फल ट्रिटमेन्टमा २५%, डेन्टल ट्रिटमेन्टमा २०% र ल्याब ईन्भेस्टिगेसनमा १५% छुट पाउने छन् ।
कपाल झर्ने तथा नपलाउने समस्या किन हुन्छ? के कपालसँग सम्बन्धित समस्याहरु हाम्रो शारीरिक स्वास्थ्य समस्यासँग जोडिएको हुन्छ? कपाल झर्ने समस्या रोकथामका लागि के गर्ने? कस्तो अवस्थामा कपाल प्रत्यारोपण गर्न मिल्छ?
विश्वमा सन् १९५० बाट मानिसमा कपाल प्रत्यारोपण गर्न सुरु गरिएको हो । त्यसयता नेपालमा पनि कपाल प्रत्यारोपण गर्ने थुप्रै प्रयास नभएका होइनन् । तर, तिनीहरू सबै पुराना स्रोत, साधनबाट भएका...पूरा पढ्नुहोस् »