गरिमा विकास बैंकका ग्राहकलाई एरोगिनमा कपाल प्रत्यारोपण गर्दा विशेष छुट

गरिमा विकास बैंक Garima Bikas Bank Limited   का ग्राहकले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा विशेष छुट पाउने भएका छन् । बैंकले काठमाडौंको विशालनगरमा रहेको यस सेन्टरसँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा ४० प्रतिशतसम्म छुट सुबिधा पाउन सक्ने छन्। बैंकका अनुसार  ग्राहकले हेयर ट्रान्सप्लान्टमा २५ देखि ४०% सम्म, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३०%, हेयर फल ट्रिटमेन्टमा २५%, डेन्टल ट्रिटमेन्टमा २०% र ल्याब ईन्भेस्टिगेसनमा १५% छुट पाउने छन्  ।